११ श्रावण २०८३, सोमबार
,
Latest
ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित



अ+ अ-

सङ्खुवासभा। जिल्लाको सभापोखरी गाउँपालिका–४ स्थित सभाखोलामा बिहीबार राति आएको बाढीपहिराका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ । बाढीका कारण यातायात, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार भीषण वर्षासँगै आएको बाढी र पहिरोले वडा नं ३, ४ र ६ का सडक संरचना, विद्युत्का खम्बा तथा टेलिफोन लाइन बगाएका छन् । बाढीले खम्बा बगाएपछि शुक्रबारदेखि त्यस क्षेत्रमा सबै सेवा ठप्प भएको उपाध्यक्ष चापागाईंले बताउनुभयो ।

बाढीले सभापोखरी–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढीपहिरोले सभापोखरीका विभिन्न वडामा आधादर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षतिको विवरण गाउँपालिकाले सङ्कलन थालेको चापागाईंले बताउनुभयो । रासस