५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित



अ+ अ-

सङ्खुवासभा। जिल्लाको सभापोखरी गाउँपालिका–४ स्थित सभाखोलामा बिहीबार राति आएको बाढीपहिराका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ । बाढीका कारण यातायात, विद्युत् तथा सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार भीषण वर्षासँगै आएको बाढी र पहिरोले वडा नं ३, ४ र ६ का सडक संरचना, विद्युत्का खम्बा तथा टेलिफोन लाइन बगाएका छन् । बाढीले खम्बा बगाएपछि शुक्रबारदेखि त्यस क्षेत्रमा सबै सेवा ठप्प भएको उपाध्यक्ष चापागाईंले बताउनुभयो ।

बाढीले सभापोखरी–४ मा निर्माणाधीन २१ मेगावाटको सभापोखरी हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीले सभापोखरी हाइड्रोपावरको निर्माण सामग्री बगाएको छ । बाढीपहिरोले सभापोखरीका विभिन्न वडामा आधादर्जन घर विस्थापित भएका छन् । बाढीबाट विस्थापित र क्षतिको विवरण गाउँपालिकाले सङ्कलन थालेको चापागाईंले बताउनुभयो । रासस