२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सर्लाहीमा हुरीबाट छ जना घाइते

सर्लाहीमा हुरीबाट छ जना घाइते
हावाहुरी/ फाइल फोटो
अ अ+ अ-

सर्लाही। शुक्रबार साँझ आएको हुरीका कारण जिल्लाका विभिन्न स्थानमा छ जना घाइते भएका छन् । हुरीका कारण घर तथा सवारी साधनमा क्षति पुगेको छ ।

शुक्रबार साँझ सर्लाहीसहित तराईका विभिन्न जिल्लामा हुरी आएको थियो । हुरीका कारण कच्ची घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार हुरीका कारण बकाइनोको रूख भाँच्चिदा बागमती नगरपालिका–२ धरहराका अन्दाजी ३८ वर्षका नवराजराय क्षेत्री घाइते हुनुभएको छ । उहाँको ढाडमा चोट लोको छ । घाइते क्षेत्रीलाई नमुना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको छ । बारीमा काम गरिरहँदा एक्कासी आएको हुरीले बकाइनोको रूख भाँचिएको थियो ।

हुरीले उडाउँदा हरिपुर्वा नगरपालिका–६ निवासी ५० वर्षकी सुमीदेवी घरको छतबाट लडेर घाइते हुनुभएको छ । उहाँको हात, मुख र आँखामा चोट लागेको प्रहरीले जनाएको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ ।

हुरीका कारण रुखको हाँगा भाँचिएर लाग्दा यहाँको हरिवन नगरपालिका–५ घुर्कोली निवासी १८ वर्षका बलिराम महतो र ५२ वर्षका गङ्गाराम महतो पनि घाइते हुनुभएको छ । उहाँहरूलाई हरिपुर नगरपालिका–२ सानो जगतपुरस्थित भित्री सडक खण्डमा मोटरसाइकल चलाइरहेको अवस्थामा रुखको हाँगा झरेर लागेका इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

हुरीको उडाएको जस्ता पाताले लागेर हरिवन नगरपालिका–५, घुर्कौली निवासी ७५ वर्षकी दलेमुन खातुन घाइते हुनुभएको प्रहरीले जनाएको छ । हुरीको समयमा आफ्नै घरमा रहेको किराना पसलमा बसिरहनुभएको उहाँलाई कठघराको जस्ता उडेर लागेको थियो । उहाँको दायाँ आँखामा चोट लागेको छ । घाइते खातुनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको प्रहरीले जनाएको हो ।

हुरीले सर्लाहीको गोडैता नगरपालिका–१२  मधुवनी गाउँको चोकमा रहेको होटलमा क्षति पुग्दा रु ६० हजार मूल्य बराबरको क्षति भएको छ । जिल्ला प्रहरीका प्रवक्ता राईका अनुसार सोही स्थान निवासी मुन्ना सिंहको जग्गामा सञ्जीव पासवानले काठ र फुसको घर बनाउनु भएको थियो । उक्त घरमा रामनगर गाउँपालिका–७, निवासी उमेश साहले भाडामा होटल सञ्चालन गरिरहनुभएको थियो ।

हुरीले रूख लडेर च्याँपिदा हरिवन नगरपालिका–११ स्थित इलाका प्रहरी कार्यालय हरिवनको पार्किङमा रहेका तीन वटा मोटरसाइकलका क्षति पुगेको छ । रुख ढल्दा इलाका प्रहरी कार्यालयका नाममा रहेको बा एएसी ३४०९ नम्बरको मोटरसाइकल र अनुसन्धानका लागि कार्यालय परिसरमा राखिएको नम्बर नखुलेको थप दुई वटा मोटरसाइकलमा क्षति पुगेको हो ।

पूर्व–पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका–१२ मा हुरीका कारण रूख ढल्दा सवारी दुर्घटनामा परेको छ । हावाहुरीले सडकमा ढलाएको रूख छलाउन खोज्दा बाँकेबाट लालबन्दीतर्फ आउँदै गरेको मधेस प्रदेश–०४–००१ च ०२७७ नम्बरको पिकअप गाडी सडक छेउमा पल्टिएको हो ।

दुर्घटनामा पिकअप चालक पर्सा गाउँपालिका–४ का ३५ वर्षका राजनारायण महतो घाइते हुनुभएको प्रहरीले जनाएको हो । उहाँको हातको आँैलामा चोट लागेको छ । घाइते महतोलाई उपचारका लागि लालबन्दीस्थित स्वास्थ्य संस्थामा राखिएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो । रासस