२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

युद्ध सुरु भएको तीन वर्षपछि रुस–युक्रेन वार्ता, एक हजार युद्धबन्दी रिहा गर्ने सहमति

युद्ध सुरु भएको तीन वर्षपछि रुस–युक्रेन वार्ता, एक हजार युद्धबन्दी रिहा गर्ने सहमति
अ अ+ अ-

काठमाडौं । तीन वर्षभन्दा लामो समयदेखि युद्ध लडिरहेका रुस र युक्रेनबीच पहिलो पटक शान्ति वार्ता भएको छ । वार्ता सकारात्मक भएको छ ।

टर्कीएको मध्यस्थतामा इस्तानबुलमा भएको वार्ता झन्डै साते दुई घण्टा चलेको थियो । वार्तापछि दुवै देशले एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति गरेका हुन् । सन् २०२२ को मार्चपछि शुक्रबार रुस र युक्रेनका अधिकारी एक आपसमा प्रत्यक्ष वार्तामा बसेर सकारात्मक समाचार सुनाएका हुन् ।

वार्तामा रुसले युद्ध विरामका लागि नयाँ तथा एकदम कठिन शर्त राखेको थियो । युक्रेनले आफ्नै धेरै भूभागबाट सेना हटाउने शर्त रुसले राखेको थियो ।

युक्रेनी सहायक विदेश मन्त्री सेरहिय खेलिस्टाले यो एक हजार युक्रेनी परिवारका लागि खुसीको खबर भएको बताए । युक्रेनका रक्षा मन्त्री रुस्ताम उमेरोभले तत्काल अर्को वार्ता हुने बताएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचमा निकट भविष्यमा हुने वार्ताले धेरै कुरा तय गर्ने बताए ।

रुसी वार्ता टोलीको नेतृत्व गरेका पुटिनका एआइडिईले वार्ता सकारात्मक भएको तथा अर्को चरणको वार्ताका लागि प्रयास हुन सक्ने बताएका छन् ।

धेरैले रुसले वार्ताको नाटक गरेर युक्रेनका धेरै समर्थकलाई झुक्याउने काम मात्र गरेको हुन सक्ने जनाएको छ । अहिले युरोपेली १८ औँ चरणको प्रतिबन्धको तयारीमा छन् । वार्ता भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुसी राष्ट्रपति पुटिनसँगको वार्तामा मात्र सबै कुराको टुङ्गो लगाउन सक्ने बताएका छन् ।