२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष दाहाल

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष दाहाल
अ अ+ अ-

डडेल्धुरा। नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताउनुभएको छ ।

बैतडीको पाटनबाट ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी यहाँ आइपुग्नुभएका उहाँले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएको बताउनुभयो ।

“बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “विशेषतः तराईका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु ।”

उहाँले मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै वर्तमान सत्तालाई जनमुखी बनाउन पहल आवश्यक रहेको बताउनुभयो । अध्यक्ष दाहालले परशुराम, अजमेरु कोट क्षेत्रको पर्यटन विकास, डडेल्धुरा–भारत सिमानामा भन्सार स्थापनाजस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पार्टीका महासचिव देव गुरुङले सहिदहरूको योगदानलाई स्मरण गर्दै जनआन्दोलन र सङ्घर्षले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । रासस