२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘उद्योगी र व्यापारी सरकारको उच्च प्राथमिकतामा’

‘उद्योगी र व्यापारी सरकारको उच्च प्राथमिकतामा’
अ अ+ अ-

मोरङ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमी एवं व्यापारीहरू सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

मोरङ उद्योग व्यापार सङ्घको ६८औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले विभिन्न उद्योग व्यापार सङ्घ सङ्गठनसँग छलफल गरी सरकारले एकीकृत व्यापार रणनीति तयार गरेकाले त्यसले उद्यमी व्यापारीहरूको समस्या सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री भण्डारीले सरकारले शासकीय प्रणालीभित्रका विभिन्न जटिलता हटाउन संसद् प्रतिस्थापन विधेयकका रूपमा पास गरी मुलुकको पुँजी बजारलाई चलायमान बनाउन  र उद्यमीहरूमा रहेको निराशा हटाउने धारणा व्यक्त गर्नुभयो ।

उहाँले खनिजजन्य पदार्थको निर्यात खोजी अर्बौँ राजस्व वृद्धि गर्न  आगामी वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा समावेश गर्ने जानकारी दिनुभयो । मन्त्री भण्डारीले स्वदेशी उद्योगद्वारा उत्पादित वस्तु  प्रयोग, प्रोत्साहन गर्न  सरकारले  सार्वजनिक खरिद नियममा परिवर्तन गर्ने जानकारी दिनुभयो ।

भारतको हल्दिया र कोलकाताबाट सबै प्रकारका सामग्री विराटनगरमा रेल्वेमार्फत ढुवानी हुनेगरी भारत सरकारकातर्फबाट सहमति प्राप्त भएको जानकारी दिनुभयो ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेश सरकारले आद्योगिक एवं व्यापारमा रहेका झन्झटिलो नीतिलाई हटाइ सहज वातावरण बनाएको बताउनुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले प्रदेशमा एकद्वार नीतिमार्फत उद्योग स्थापना  व्यवस्थाको सुरुआत भइरहेको जानकारी दिनुभयो । पूर्वमुख्यमन्त्री उद्धव थापाले मुलुकको अर्थतन्त्र बलियो बनाउन निजी क्षेत्रलाई साथ लिएर हिँड्नुपर्ने सुझाव दिनुभयो ।

अन्य उद्योगी व्यवसायीहरुले मोरङ सुनसरी औद्योगिक क्षेत्रमा विद्यृत निरन्तर उपलब्ध गराउन तथा सुनसरीको बर्जु गाउँपालिकास्थित अमडुवामा औद्योगिक ग्राम स्थापनाका लागि  आग्रह गर्नुभयो । रासस