४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा संवादः ‘जलवायु परिवर्तनका असर न्युनिकरणमा वैश्विक साझेदारी आवश्यक’



अ+ अ-

काठमाडौँ । जलवायु परिवर्तनका असर न्युनिकरणका लागि वैश्विक साझेदारी आवश्यक रहेको नेताहरुले बताएका छन् ।

शुक्रवारबाट शुरु भएको सगरमाथा संवाद कार्यक्रममा देशको प्रतिनिधित्व गर्दै नेपाल आउनुभएका प्रतिनिधिहरुले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न वैश्विक साझेदारी आवश्यक रहेको बताएका हुन् । जलवायु परिवर्तनसँग सम्बन्धित मुद्दामा भइरहेका छलफलमा हिमालको मुद्दा ओझेलमा पारिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सगरमाथा संवादका क्रममा बोल्ने वक्ताहरुले हिमालदेखि महासागरसम्मको मुद्दालाई समेट्ने गरी जलवायु परिवर्तनबारे बहस जरुरी रहेको बताए ।

उद्घाटन सत्रपछिको पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रसचिव अमृतबहादुर राईले वक्ताहरुले जलवायु परिवर्तनसम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरुमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेको बताउनु भयो । सगरमाथा संवादका क्रममा अहिलेसम्म १९ वटा मन्तव्यहरु प्रश्तुत भएको बतउनु भयो । जसमा १३ वटा देशका प्रतिनिधिहरु हुनुहुन्छ भने ६ वटा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुले विचार राख्नुभएको बताउनु भयो । अब दुई वटा प्यारलल सेसनहरु सञ्चालन हुने र त्यसपछि काठमाडौं घोषणा पत्र जारी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनसम्बन्धित विश्वमा भइरहेका छलफल, वार्ताहरुमा हिमालको विषयलाई अलिकति कम उठाउने गरेकोमा नेपालले हिमालको विषय विश्व जलवायु संवाद र छलफलमा उठाउन नेतृत्वदायी भुमिका खेल्नुपर्छ भन्ने उद्देश्यका साथ यो पहिलो सगरमाथा संवाद कार्यक्रमको आयोजना गरिएको हो । सफलतापूर्वक उद्घाटन सत्र सम्पन्न भएको छ । १९ वटा वक्तव्यहरु भएका छन् । त्यसमध्ये १३ वटा देशका प्रतिनिधिहरुले आफ्नो वक्तव्य राख्नुभएको छ भने ६ वटा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुले विचार राख्नुभएको छ । हामी अब दुई वटा प्यारलल सेसनहरु गर्दछौँ तीन दिनसम्म । हामीले काठमाडौं घोषणा पत्र जारी गर्छौं । अबको दिनमा नेपालले हिमालको विषयमा कसरी नेतृत्व लिन्छ र कुन बाटो हिँड्छ, विश्व जलवायु छलफललाई कुन बाटोमा हिँडाउन चाहन्छ भन्नेमा हामी काठमाडौं घोषणा पत्र जारी गर्दैछौँ । जलवायु परिवर्तनको विषय एउटा मात्रै देशले समाधान गर्न सक्दैन । त्यसमा क्षेत्रीय, विश्वका सबै देशका साझेदारी आवश्यक पर्दछ । जसले बढी पोलुसन गरिरहेको छ, त्यसले बढी कन्ट्रिब्युट गर्नुपर्दछ ।’

उहाँले जलवायु परिवर्तनको असर एउटा देशको प्रयासले मात्रै समाधान नहुनेतर्फ विश्व नेताहरुले विश्वको ध्यानाकर्षण गराएको पनि बताउनु भयो ।