१६ असार २०८३, मंगलवार
,
Latest
सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा माओवादीको कर्णाली करिडोर अभियान सुरु



अ+ अ-

सिमकोट। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) हुम्लाले बिहीबारदेखि बाजुरा र हुम्लाको सिमानाबाट कर्णाली करिडोर अभियान सुरु गरेको छ ।

पार्टीको जागरण तथा समाजवादका लागि कर्णाली करिडोर अभियान सुरु गरिएको हो । जिल्लाका सातवटै स्थानीय तह समेटिने गरी अभियान सञ्चालन गरिएको नेकपा (माओवादी केन्द्र) का जिल्ला सचिव धर्मराज बोहराले बताउनुभयो ।

कर्णाली करिडोर अभियानमा वर्तमान परिस्थिति सम्प्रेषण गरी राजनीतिक जागरण ल्याउने, वास्तविक समाजवादको पैरवी गर्ने र हुम्लाको विकास कसरी सम्भव छ भन्ने विषयमा स्थानीयसँग छलफल सुरु गरिएको पार्टी सचिव बोहराको भनाइ छ ।

समसामयिक विषयमा जनसमुदायसँग छलफल गर्ने, पालिकाअन्तर्गतका कार्यक्रमस्थलमा भेटघाट गर्नेे र यो क्रम हिल्सामा पुगेर सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । अभियान ११ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

कर्णाली करिडोर अभियानअन्तर्गतको आजको कार्यक्रम अदानचुलीको गल्फागाडमा सम्पन्न भएको छभने भोलि शनिबार सर्केगाड गाउँँपालिकाको केन्द्र सर्केगाड बजार, जेठ ५ गते खार्पुनाथ गाउँपलिकाको केन्द्र याङ्चु बजार, जेठ ७ गते सिमकोट गाउँपालिका र जेठ ९ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा हुने भएको छ ।

जेठ ११ गते अभियानको अन्तिम कार्यक्रम नेपाल र चीनको सिमाना हिल्सामा हुने नेकपा माओवादी केन्द्र हुम्लाले जनाएको छ । रासस