२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

लगानीको वातावरण सिर्जना हुनेगरी बजेट तय गर्न आग्रह

लगानीको वातावरण सिर्जना हुनेगरी बजेट तय गर्न आग्रह
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा भाग लिँदै सांसद रामहरि खतिवडाले मुलुकको आर्थिक अवस्था सुधारलाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने सुझाव दिनुभएको छ ।

लगानीको वातावरण सिर्जना हुनेगरी बजेट तय गर्न र सोही अनुसारको व्यवस्था गर्नसमेत उहाँले सुझाव दिनुभयो । चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउनेतर्फ विशेष ध्यान दिन र राजस्वको लक्ष्य हासिल हुने किसिमको नीतिगत व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो ।

सामाजिक सुरक्षा भत्ता, पेन्सनलगायत क्षेत्रमा राज्यको ठूलो रकम खर्च हुने गरेको तथ्य पेस गर्दै उहाँले गरिब र आर्थिक अवस्था कमजोर भएकाहरूको समस्या सम्बोधन हुनेगरी बजेट तय गर्न आग्रह गर्नुभयो । सांसद खतिवडाले दुधकोशी जलविद्युत् आयोजनाका लागि यथेष्ट बजेट विनियोजन गर्न माग गर्नुभयो ।

सांसद देवेन्द्र पौडेलले आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर आगामी आवको बजेट तय गर्नुपर्ने बताउनुभयो । लगानीयोग्य रकम भए पनि विस्तार हुन नसकेको तथा सरकारले अत्यावश्यक वातावरण बनाउन नसकेको उहाँको भनाइ छ ।

उहाँले पुँजीगत खर्च हुन नसकेको, आम्दानीभन्दा खर्चको मात्रा बढी भएको, सार्वजनिक ऋणमा वृद्धि भएकाले अर्थतन्त्रमा सुधार हुन नसकेको उल्लेख गर्नुभयो । सांसद पौडेलले कृषि उत्पादनलाई बढोत्तरी गर्ने र रोजगारी सिर्जना हुनेतर्फ ध्यान केन्दिीत गर्न आग्रह गर्नुभयो ।

सांसद सीता गुरुङले रोजगारीको खोजीमा विदेश पलाउन भएका युवालाई देशभित्रै रोक्ने किसिमले बजेटले विशेष सम्बोधन गर्नुपर्ने गर्न सुझाव दिनुभयो । करको दायरामा विस्तार गर्दै करदातालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उहाँको भनाइ छ । चालु खर्च बढी हुने र पुँँजीगत खर्च कम हुँदा अपेक्षित रूपमा विकास हुन नसकेको तथ्य पेस गर्दै उहाँले विकास निर्माणमा देखिएको बेथिती अन्त्य गर्नुपर्ने, जग्गा प्राप्तिमा रहेका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद प्रतिमा गौतमले भ्रष्टाचार नियन्त्रण र पारदर्शितालाई ख्याल गर्नुपर्ने, स्वास्थ्य सेवामा सहज पहुँच वृद्धिका लागि पर्याप्त बजेट उपलब्ध गराउनुपर्ने बताउनुभयो । कर प्रक्रियामा रहेका अस्पष्टताको समाधान गर्नुपर्ने, व्यवसायमैत्री वातावरण बनाउँदै परिणामुखी बनाउनुपर्ने उहाँको भनाइ छ । उहाँले बजेट शीर्ष नेता, अर्थमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै जाने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।  रासस