५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’



प्रतिनिधिसभा बैठक काठमाडौँ, २८ माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सोमबार बसेको प्रतिनिधिसभाको बैठक । तस्बिरः गोपाल दाहाल÷रासस
अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी छ ।

छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन, पूर्वाधार विकासलगायत क्षेत्रमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको हो ।

सांसद शान्ति विकले सरकारले ढिलासुस्ती नगरी उपलब्ध स्रोतसाधनको उपयोग गर्दै वर्तमान अवस्थाको सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले कृषि, पर्यटन, ऊर्जा, पूर्वाधार र सूचना प्रविधिलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

सांसद सुदन किरातीले राष्ट्रिय सहमतिका आधारमा बजेटका प्राथमिकता तय गर्न सुझाव दिनुभयो । उहाँले सङ्घीयताको कार्यान्वयन, जनताको विश्वास जित्ने कार्य र बेरुजु घटाउन सुशासन मजबुत बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सांसद सीताकुमारी रानाले विधेयकमा समावेश प्राथमिकता सान्दर्भिक र समयसापेक्ष रहेको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर हुने आशा व्यक्त गर्नुभयो ।

सांसद वासुदेव घिमिरेले बेरुजु शून्यमा झार्ने लक्ष्य लिएर पारदर्शी र व्यावहारिक कार्यान्वयन सुनिश्चित गर्नुपर्ने बताउनुभयो । कतिपय प्रभावकारी योजना हुँदाहुँदै कार्यान्वयन पक्ष कमजोरी देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सांसद गङ्गा कार्कीले बजेट ल्याउँदा संसद्मा उठेका विषयलाई समावेश गर्नुपर्ने भन्दै जमिनको चक्लाबन्दीको गुरुयोजना र भन्सार प्रणालीको पूर्ण डिजिटलाइजेसनलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

सांसद कल्पना चौधरीले थारु बहुल क्षेत्रमा वंशाणुगत रोग सिकलसेलको उपचारका लागि छुट्टै स्वास्थ्य सेवा एकाइको स्थापना र मुक्त कमैया तथा कमलरीहरूको उचित व्यवस्थापनको माग गर्नुभयो ।

सांसद दुर्गा राईले समग्र देशको आवश्यकताअनुसार सन्तुलित बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद सन्तोष चालिसेले ठूला योजनाको सट्टा साना र व्यवहारिक कार्यक्रममार्फत अर्थतन्त्र सुधार गर्नुपर्ने तर्क राख्नुभयो । रासस