२० मंसिर २०८२, शनिबार
,
Latest
अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेकताभित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्यः शिक्षामन्त्री पन्त



अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अनेकताभित्र एकता खोज्नु नै संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सांसदहरुबीच मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा रहे पनि विविधता भित्र एकता खोज्नु संसदीय व्यवस्थाको सौन्दर्य भएको बताउनु भयो । उहाँले संसदीय व्यवस्थाको सौन्दर्यले अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई नलैजाने जिकिर गर्नुभयो । मन्त्री पन्तले संसद्मा चर्काचर्की बहस गर्ने र संसद बाहिर सँगै बसेर चिया खाने गरेको बताउँदै संसदको भित्रको चर्काचर्कीलाई कतिपयले नाटकको रूपमा लिने गरेको बताउनु भयो । उहाँले संसद्मा देखिने नाटक नै हो भन्दै संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य गर्ने गरेको बताउँदै यो नै संसदीय प्रणाली तथा प्रक्रियाको विशेषता र सौन्दर्य रहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा मतभिन्नता, विविधताहरू आफ्ना ठाउँमा छन् । संसदीय व्यवस्थाको सौन्दर्य के हो भन्दा खेरी त्यसले अनेकताभित्र एकता खोज्छ । विविधता भित्र एकता खोज्छ । अनेकतालाई चौडा पारेर असहमतिको बाटोतिर मुलुकलाई लैजाँदैन । हाम्रो देख्छौँ नि त, हाम्रो क्यारेक्टर कस्तो भन्दा खेरी तिमिहरू नाटक गर्छौं कि क्या हो भनेर मेरो भतिजाले सोध्थ्यो । भित्र चर्काचर्की बहस गर्ने, बाहिर तिनीहरू नै बसेर चिया खाने, भित्रको त नाटक होला नि भन्थ्यो । मान्छेहरूलाई त्यो पनि पर्न सक्छ । कतिपय त्यसमा संसारभरका कवि तथा लेखकहरूले व्यङ्ग्य पनि गरेर लेखेका छन्, फुल हाउसमा देखाउने यिनीहरूको नाटक हो भनेर । तर, संसदीय प्रणाली र प्रक्रियाको विशेषता पनि त्यही हो र सौन्दर्य पनि त्यहीँ हो ।”

उहाँले आफूहरू संसदीय विशेषता र सौन्दर्यताको गहिराइमा जानुपर्नेमा समेत जोड दिनुभयो ।