५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु नेतृत्वमा नेपाल दृढ छः वनमन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ ।  वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु नेतृत्वमा नेपाल दृढ रहेको बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंमा शुरु भएको सगरमाथा संवाद कार्यक्रममा बोल्दै वनमन्त्री ठकुरीले कठिन चुनौतिका बाबजुद पनि नेपाल आफ्नो जलवायु नेतृत्वमा दृढ रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले जलवायु कार्यलाई राष्ट्रिय योजनामा समाहित गर्दै न्याय – केन्द्रित दृष्टिकोणलाई अंगालेको बताउनु भयो । उहाँले नेपालका राष्ट्रिय जलवायु परिवर्तन नीति र राष्ट्रिय अनुकुलन योजनाले कृषि, ऊर्जा, पानी, पूर्वाधार र जैविक विविधता केन्द्रित क्षेत्रीय रणनीतिहरु सहित जलवायु समानुकुलनतर्फ स्पष्ट मार्गचित्र प्रश्तुत गरेको बताउनु भयो । उपेक्षित रहेका महिला, आदिवासी तथा युवाका आवाजलाई जलवायु बहसमा सुनिश्चत गर्दै स्थानीय अनुकुलन कार्ययोजना अन्तरगत विकेन्द्रीकृत आधारभूत खाकासहित स्थानीय जलवायु कार्यको अगुवाईका लागि स्थानीय सरकारहरूलाई सशक्त बनाइएको मन्त्री ठकुरीको दाबी छ । महिला तथा आदिवासी समुदायले धेरै हदसम्म नेतृत्व गरेको नेपालको सामुदायिक वन कार्यक्रमले कसरी प्रकृतिमा आधारित समाधानहरूद्वारा संरक्षण र मानव विकास दुबैमा योगदान दिनसक्ने बताउनु भयो ।

वनमन्त्री ठकुरीले भन्नुभयो, कठिन चुनौतीहरूका बाबजुद पनि आफ्नो जलवायु नेतृत्वमा नेपाल दृढ रहेको छ । जलवायु कार्यलाई राष्ट्रिय योजनामा समाहित गर्दै हामीले न्याय – केन्द्रित दृष्टिकोणलाई अंगालेका छौँ । हाम्रो अभिवृद्ध राष्ट्रिय रुपमा निर्धारित योगदान (एनडीसी)  विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ भित्रै खुद – शुन्य उत्सर्जन हासिल गर्नेतर्फ परिलक्षित छ । हाम्रा राष्ट्रिय जलवायु परिवर्तन नीति र राष्ट्रिय अनुकूलन योजनाले कृषि, ऊर्जा, पानी, पूर्वाधार र जैविक विविधता केन्द्रित क्षेत्रीय रणनीतिहरु सहित जलवायु समानुकुलनतर्फ स्पष्ट मार्गचित्र प्रश्तुत गरेका छन् । महत्वपूर्ण हुँदाहुँदै पनि अक्सर उपेक्षित रहेका महिला, आदिवासी तथा युवाका आवाजलाई जलवायु बहसमा सुनिश्चत गर्दै स्थानीय अनुकूलन कार्ययोजना अन्तरगत विकेन्द्रीकृत आधारभूत खाकासहित स्थानीय जलवायु कार्यको अगुवाईका लागि स्थानीय सरकारहरूलाई सशक्त बनाइएको छ । महिला तथा आदिवासी समुदायले धेरै हदसम्म नेतृत्व गरेको नेपालको सामुदायिक वन कार्यक्रमले कसरी प्रकृतिमा आधारित समाधानहरूद्वारा संरक्षण र मानव विकास दुबैमा योगदान पु¥याउन सक्छ भन्ने दर्शाउँछ । हाम्रा समग्र दृष्टिकोण हरित अर्थतन्त्रतर्फको न्यायसंगत रुपान्तरण, जलवायु समानुकुलन पूर्वाधार निर्माण र दिगो जीविकोपार्जन हासिल गर्नेमा केन्द्रित छन् ।’

मन्त्री ठकुरीले नेपालको समग्र दृष्टिकोण हरित अर्थतन्त्रतर्फको न्यायसंगत रुपान्तरण, जलवायु समानुकुलन पूर्वाधार निर्माण र दिगो जीविकोपार्जन हासिल गर्नेमा केन्द्रित रहेको दाबी गर्नुभयो ।




भर्खरै