२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’
अ अ+ अ-

काठमाडौँ।  नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीसँग बागमती प्रदेशका विभिन्न मन्त्रालयका अधिकारी र विषयगत सम्पर्क अधिकारीहरुबीच विपद् व्यवस्थापन प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

सिंहदरबारमा आज प्राधिकरणका कार्यकारी प्रमुखलगायत उच्च अधिकारीहरुले बागमती प्रदेशअन्तर्गतका मन्त्रालयका अधिकारीहरु एवं विषयगत विपद् सम्पर्क व्यक्तिहरुबीच भएको छलफलमा उहाँहरुले विपद् व्यवस्थापन तथा न्यूनीकरणमा तीनै तह र सङ्घसंस्थाहरुले उच्च प्राथमिकताका साथ कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइएको थियो ।

सो विषयमा छलफल गर्न आएको बागमती प्रदेशको एक टोलीसँगको अन्तरक्रियामा प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले विपद् व्यवस्थापन तीनै तहको दायित्व रहेको उल्लेख गर्दै प्राधिकरणले प्रदेश तथा स्थानीय तहसँगको समन्वयलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । कार्यकारी प्रमुख भट्टले यस वर्षको मनुसन नेपाल भित्रिने सङ्घारमा रहेकाले पूर्वतयारी थाल्न आग्रह गर्दै त्यसक्रममा जनचेतनामूलक कार्यक्रमलाई पनि उचित ध्यान दिन सुझाव दिनुभयो ।

प्राधिकरणका सहसचिव रोशनीकुमारी श्रेष्ठले विपद् उत्थानशील नेपाल बनाउन सबै तहको भूमिका रहेको उल्लेख गर्दै बजेट निर्माणका क्रममा राष्ट्रिय परिषद्बाट पारित ‘पश्चिम नेपाल भूकम्प तथा २०८१ सालको मनसुनजन्य विपद् पुनर्लाभ योजना (२०८१÷०८२–२०८३÷०८४)’ मा परेका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।

बागमती प्रदेश आन्तरिक मामिला मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख हरिहर पोखरेलको नेतृत्वमा आएको टोलीले प्राधिकरणले व्यवस्थापन गरेका समन्वय संयन्त्र, सूचना प्रणाली एवं बजेट व्यवस्थापनलगायत विषयमा छलफल गरेको थियो । प्राधिकरणका उपसचिव वेदनिधि खनालले प्राधिकरण र प्रदेशबीचको सहकार्यका क्षेत्र, त्यसका लागि तयार प्रणाली तथा संयन्त्रका साथै सङ्घ, प्रदेश, जिल्ला र स्थानीय तहमा क्षमता अभिवृद्धिका लागि प्राधिकरणबाट भएका पहललगायतका विषयवस्तु समेटिएको प्रस्तुतीकरण राख्नुभएको थियो ।

सो क्रममा बागमती प्रदेश आन्तरिम मामिला मन्त्रालयले विषयगत क्षेत्रको नेतृत्व गर्ने प्रदेश मन्त्रालयका विपद् सम्पर्क व्यक्तिहरु, प्रदेश सुरक्षा निकायका प्रतिनिधिहरु, प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका कर्मचारीहरु एवं नेपाल रेडक्रस सोसाइटी र नेपाल स्काउटका प्रदेश प्रतिनिधिहरुको विपद् जोखिम न्यूनीकरणसम्बन्धी क्षमता विकास कार्यक्रमअन्तर्गत प्रत्यक्ष जानकारी लिन प्राधिकरणमा आएको जानकारी गराइएको थियो ।

सो क्रममा प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२ निर्माणको अन्तिम चरणमा रहेको जानकारी गराएको थियो ।रासस