२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक बिल भुक्तानीका लागि मागिएको घुससहित इन्जिनियर यादव पक्राउ



अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ओखलढुङ्गास्थित सघन सहरी तथा भवन निर्माण आयोजनामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवलाई पाँच लाख सत्तरी हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

इन्जिनियर यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा आयोगको टोलीले उनलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ बाट रंगेहात पक्राउ गरेको हो।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार यादवले सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा बिहीबार पक्राउ परेका हुन्। हाल उनलाई अख्तियारले नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको छ।