१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नेकपा विवाद मिलाउन महासचिवको दौडधुप

नेकपा विवाद मिलाउन महासचिवको दौडधुप
फाईल फोटो
अ अ+ अ-

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुबीच आन्तरिक विवाद बढ्दै गएपछि त्यसलाई मत्थर बनाउन पार्टी महासचिव विष्णु पौडेलले सबै नेतासँग एक्लाएक्लै भेटघाट गरिरहेका छन्। पार्टी एकता जोगाउनुपर्छ भन्दै उनले एक साताबीच सचिवालयका शीर्ष नेताहरुसँग भेटघाट गरेर विवाद मत्थर पार्ने कोसिस गरिरहेका छन्। ‘महासचिव पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसम्मलाई एक्लाएक्लै भेटघाट गर्नुभएको छ। यो एक साता उहाँले सबै नेतालाई भेट्नुभएको हो’, महासचिव निकट स्रोतले भन्यो। महासचिव पौडेलले पार्टीमा कुनै पनि प्रकारको दुर्घटना निम्त्याउनु हुँदैन। दुर्घटना भए अब कुनै पनि नाममा कम्युनिस्ट पार्टीले जनमत जोगाउन सक्दैन भन्ने उनको भनाइ रहेको र त्यही कुरा सबै नेताहरुलाई भनेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार उनले बुधबारदेखि लगातार नेताहरुसँग भेटघाट गरिरहेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमप्रसाद पाण्डेको घरमा चार घण्टा भेटघाट गरेका थिए। पाण्डे नाताले नेता नेपालका सम्धी हुन्। त्यसैगरी निवासमै पुगेर पौडेलले नेता झलनाथ खनालसँग दुईपटक भेटघाट गरेका थिए भने दाहाल चितवनबाट फर्केपछि पनि भेटघाट गरेका थिए। महासचिव पौडेलले गौतम र नारायणकाजी श्रेष्ठसँग पनि बेग्लाबेग्लै छलफल गरी विवाद सुल्झाएर जान आग्रह गरेका थिए। ‘सबै शीर्ष नेतासँग भेटघाट भइरहन्छ। पार्टी एकताको विषय र बैठकका विषयमा कुराकानी गर्नुपर्ने भएकाले भेटघाट भएको हो। यसमा अन्य खास कुरा केही छैन’, महासचिव पौडेलले भने।

महासचिव निकट स्रोतका अनुसार उनी अहिले पार्टी एकता बलियो बनाउने विषयमा नेताहरुबीच संवाद आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओली र अन्य नेताबीचमा कसरी एक्लाएक्लै संवाद गराउन सकिन्छ भनेर समेत लागिपरेका छन्। शीर्ष नेताहरुबीच संवाद शून्य छ, जसले गर्दा वरिष्ठ नेताहरु र प्रधानमन्त्रीबीच दूरी बढिरहेको छ। दुई अध्यक्षबीच मंगलबार भएको छलफल पनि बिनानिष्कर्ष टुंगिएका बेला अन्य शीर्ष नेतावीच महासचिव पौडेलले समन्वयकारी भूमिका निर्वाह गरिरहेका छन्। ‘सबै नेताहरुले उठाएको विषयलाई संस्थागत ढंगले सम्बोधन कसरी गर्न सक्न्छि भन्नेबारेमै उहाँहरुबीच छलफल भएको बुझिएको छ’, महासचिव निकट राष्ट्रियसभाका एक सांसदले भने। उनका अनुसार महासचिवले बालुवाटारका तर्फबाट कुनै पनि प्रस्ताव लिएर भेटघाट नगरेको तर समस्यालाई बल्झाउन भन्दा पनि सुल्झाउने उपायको खोजीमा लाग्न शीर्ष नेताहरुलाई आग्रह गरेका हुन्।

शनिबार भएको भेटमा पौडेलले नेता नेपालसँग धेरै विकल्पबारे छलफल गरेका थिए। ‘पार्टीभित्र नेपाल समूहलाई अन्याय परेको विषयमा सहमति जनाउँदै पौडेलले त्यसको समधानका लागि दर्जन विकल्प अघि सारेको तर नेपालले यो विषय ओली आफैंले सुल्झाउनुपर्ने भएकाले भेटघाट निरर्थक हुने बताएर पठाएको’ स्रोतले जनाएको छ। यसबाट अध्यक्ष ओली आफैं अग्रसर भएमात्रै पार्टीलाई एकताबद्ध बनाउने निष्कर्ष निकालिएको छ। पछिल्लो समय वरिष्ठ नेता झलनाथ खनाल निकै आक्रोशित भएको र यसलाई कम गर्न ओली–खनालबीच भेटघाटे आवश्यक रहेको एक नेताले बताए। ‘अध्यक्षद्वयबीच भएका हरेक छलफलमा पौडेलले पार्टी एकताको विषयलाई महत्व दिइरहेको बताउँदै आएका छन्। ‘मंगलबार पनि दुई अध्यक्षबीच छलफल भएको छ। उहाँहरुले विवाद समाधानको उपाय निकाल्नुहुनेछ भन्ने सबै नेता कार्यकर्ताको अपेक्षा छ’, महासचिव पौडेलले भने।  

गत असार १० गते स्थायी कमिटी बैठकको पहिलो दिनमै प्रधानमन्त्री ओलीले बैठकलाई सम्बोधन गर्ने क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग बैठकमै भनाभन भएपछि विवाद गम्भीर बनेको थियो। अध्यक्षद्वय  ओली र  दाहालले एकअर्कालाई कडा आरोप लगाए भने वरिष्ठ नेता नेपालले आपूmलाई अपमान गर्दै कुर्सी पछाडि राखेको भन्दै अरुलाई रैती, आफूलाई राजा सोच्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेपछि बैठकमा सन्नाटा छाएको थियो।  त्यसलगत्तै पौडेल सक्रिय बनेका हुन्। त्यति बेला पनि उनले ओली, दाहाल, नेपालसहितका नेताहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ‘नेताहरुसँग भेटघाट गरि नै रहेको छु। यसले विवादलाई मत्थर पार्नेभन्दा पनि नेताहरुबीच खुलेर छलफल होस् भन्ने आम कार्यकर्ताको भावना छ’, महासचिव पौडेलले भने। नेकपा उच्च स्रोतका अनुसार महासचिव पौडेलले प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई मनाउने प्रयास गरिरहेका छन्। उनले सांगठनिक जिम्मेवारी बाँडफाँट गरेर अगाडि बढ्न सुझाव दिइरहेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेर पार्टीभित्रको विवाद सुल्झाउन प्रयास गर्न आग्रह गरेका छन्।  

राष्ट्रपति–नेपाल भेटवार्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर भेटघाट गरेकी छन्। नेकपामा आन्तरिक विवाद चर्किंदै गएपछि राष्ट्रपति भण्डारीले नेपाललाई बोलाएर भेटघाट गरेकी हुन्। ‘उहाँहरुबीच पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे कुराकानी भएको छ’, राष्ट्रपति कार्यालयले स्रोतले भन्यो। तर नेपालको सचिवालयले भने भेटघाटको पुष्टि गरेन।  

भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान नेपाललाई आग्रह गरेकी थिइन। नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीलाई सम्झाउन आग्रह गरेका थिए। पार्टी पद्धतिमा चलोस्, नेताहरुको कार्यविभाजन समान होस भन्ने आफ्नो चाहना रहेको उनको भनाइ थियो। आफूलाई तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदको लोभ नभएको पनि उनले बताएको स्रोतले जनाएको छ। नागरिक दैनिक