४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका दुई अध्यक्षबीच आज निर्णायक वार्ता हुने



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवादले उग्र रुप लिइरहेको बेला आज दुई अध्यक्षबीच निर्णायक बार्ता हुने भएको छ । हिजो दुई अध्यक्षबीच बार्ता हुने भनिएपनि प्रधानमन्त्री समेत रहनु भएका कार्यकारी अध्यक्ष केपी ओली दिनभरको दौडधुपले थाकेको बताएपछि बालुवाटार पुग्नु भएका पुष्पकमल दाहाल (प्रचण्ड) बिना बार्ता फिर्ता हुनुभएको थियो ।

आज दुबै अध्यक्षबीच आज हुने बार्ता निर्णायक हुने र दुवै अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

पार्टी फुटको संघारमा पुगेको बेला दोस्रो पुस्ताका नेताहरुले शीर्ष नेताहरुलाई दवाव दिएपछि पार्टी भित्रको बिवाद हाललाई केही हद सम्म समाधान भएको छ ।

सचिवालय र स्थायी समितिका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन ओलीलाई दवाव दिएपछि पार्टी फुटको संघारमा पुगेको थियो । नेपाल समाचारपत्र दैनिक