४ पुष २०८२, शुक्रबार
,
Latest
तीनदिने ‘आइडियाएक्स ह्याकाथन’ सुरु लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका विषयलाई मात्र प्राथमिकता- माधव सापकोटा



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सिद्धान्त र प्राथमिकतामा सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन गरिएको विधेयकमा सिद्धान्त र प्राथमिकता सम्बन्धकारे (कर प्रस्तावबाहेक) को छलफलका क्रममा सांसद सापकोटाले समाजवादी अर्थव्यवस्था निर्माण गर्ने त्यसका आधारशिला निर्माण र भु्रण निर्माण गर्ने दिशातर्फ राज्य  प्रणाली जान नसकेको टिप्पणी गर्नुभयो ।

प्रि–बजेट छलफलमा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्य र ध्ययेसँगै सामाजिक न्यायको सिद्धान्तलाई बलियो रुपमा अघि बढ्न प्रभावकारी र ठोस कुरा नआएको धारणा राख्नुभयो ।

“सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई समन्यायिक ढङ्गले राज्यका सबै क्षेत्रमा समावेश गरेर लैजाने र त्यसअनुसार न्याय स्थापित गर्ने भनेका छौँ”, सांसद सापकोटाले भन्नुभयो, “पुँजीवादी अर्थतन्त्र व्यवस्थासँग जोडिएका कयौँ विषयले मात्र बढी प्राथमिकता पाएका छन । रासस