२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
अ अ+ अ-

काठमाडौँ। आमसञ्चारमाध्यम समावेशी नहुनुका कारण नीतिगतभन्दा पनि नियतबस भएको दलित समुदाय र अधिकारकर्मीले निष्कर्ष निकालेका छन् ।

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको आमसञ्चारमाध्यममा दलितको सरोकार विषयक अन्तरक्रियाका वक्ताहरूले दलित समुदायलाई नियतबस नै अन्याय गरिएको विचार व्यक्त गर्नुभएको हो ।

राष्ट्रिय दलित पत्रकार सङ्घका अध्यक्ष विनोद पहाडीले आमसञ्चारमाध्यम मात्रै नभई सञ्चारसम्बन्धी सरकारी निकायसमेत दलितमैत्री हुन नसकेको बताउनुभयो । सञ्चारमाध्यमले दलितका मुद्दा उठान गर्दै आए पनि यति नै पर्याप्त नरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चारमाध्यममा दलित समुदायलाई समावेशीमूलक बनाउन र समावेशी सञ्चारगृह बनाउन काउन्सिलले प्रयत्न गर्ने बताउनुभयो । काउन्सिलको यति लामो इतिहासमा एक जना पनि दलित समुदाय सदस्य र अध्यक्ष नभएकामा अब असमावेशी संरचना हटाएर समावेशी काउन्सिल बनाउनुपर्ने धारणा राख्नुभयो ।

पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले संविधानले व्यवस्था गरेको समावेशी नीति आमसञ्चार क्षेत्रमा पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका पूर्वअध्यक्ष विपुल पोखरेलले समावेशीबाटै नवीन समाजको परिकल्पना सम्भव हुने धारणा राख्नुभयो ।

कार्यक्रममा मेघेन्द्र विश्वकर्माले आमसञ्चार दलित (अ) समावेशीताको सवालः समस्या नीति कि नियत ? विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सञ्चारकर्मी पवित्रा सुनारले दलित समुदायका मुद्दा समाचार बनेका भए पनि राज्यको संरचनामा नै नेतृत्वदायी तहमा समावेशी नरहेको टिप्पणी गर्नुभयो ।

छलफलमा नीतिगत रूपमै समावेशी विषयवस्तु उठानुका साथै नियतमा समावेशी सोच आत्मसात गर्नुपर्ने, दलित समुदायका सवालमा बढीभन्दा बढी विषयवस्त उठानका लागि मिडिया नीति समाचार कक्षमा समानुपातिक उपस्थिति र प्रोत्साहन आवश्यक रहेको, मिडियाको विष्लेषणका विषयवस्तु विश्लेषण गरी दलितका सवाल उठान गर्न पैरवी गर्ने, दलितले सञ्चालन गर्ने मिडियालाई प्रोत्साहन गर्ने, पत्रपत्रिका वर्गीकणरमा नै समावेशी विषयवस्तुलाई मूल्याङ्कन गर्ने, राज्यले आफ्ना सञ्चार प्रतिष्ठा निर्णायक तहमा दलितलाई स्थान दिनुपर्नेलगायत विषय उठान गरिएको थियो ।रासस