४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पचपन्न वर्षको उमेरमा नागरिकता



0-0x0-0-0#
अ+ अ-

बाजुरा। जिल्लाको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । सोही गाउँपालिका–४ मानाकोटकी वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले आज नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

नागरिकता बनाउनसनाखत गर्ने कोही नहुँदा उहाँले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन । माइती घर डोटीको सिलगढी भए पनि विवाह गरेर बाजुरा आउनुभएकी वादी श्रीमान् र आफन्त कोही नभएपछि नागरिकता पाउनबाट वञ्चित हुनुभएको थियो ।

आज प्रमुख जिल्ला अधिकारी पाध्याले कानुनी प्रक्रिया पूरा गरेर नागरिकता दिलाएपछि उहाँले खुसी व्यक्त गर्नुभयो । नागरिकता पाउनबाट वञ्चित जिल्लाका नागरिकलाई सहज र कानुनी प्रक्रिया पूरा गरेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

नागरिकता नहुँदा उहाँ राज्यबाट पाउने सामाजिक सुरक्षासहित अन्य सुविधाबाट वञ्चित हुनुभएको थियो । रासस