२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह



अ+ अ-

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा रेल सेवाको विकास र विस्तारमा ढुक्क भएर लगानी गर्न दक्षिण कोरियालाई आग्रह गर्नुभएको छ ।

आज दक्षिण कोरियाली रेल कम्पनी कोरेलका प्रतिनिधिसँगको भेटमा उहाँले रेल सेवा नेपाल सरकारको पनि प्राथमिकताको विषय भएका भन्दै लगानीका लागि आग्रह गर्नुभएको हो ।

मन्त्री दाहालले यहाँका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यहरूलाई लक्षित गरी रेल सेवाको विस्तारको अध्ययन, अनुसन्धानका लागिसमेत आग्रह गर्नुभयो । लामो तथा छोटो दूरीको रेल सेवा विस्तारका लागि नेपालले लगानीको वातावरण बनाइरहेको उल्लेख गर्दै उहाँले लगानीका ‘मोडल’ बारे छलफल गर्न सकिने उल्लेख बताउनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले विद्युतीय रेलमार्ग विस्तार उपयोगी हुने बताउनुभयो ।

लगानी बोर्डका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा रेल मार्गको विकास र विस्तारका लागि दुवै देशका विज्ञहरू मिलेर विभिन्न मोडलमा अध्ययन गरिने बताउनुभयो । त्यसका लागि केहि दिनभित्रै दुवै देशका विज्ञ सम्मिलित कार्यदल गठन गरिने उहाँले जानकारी दिनुभयो ।

छलफलमा रेल विभागका महानिर्देशक अजय मूलले नेपालमा रेलमार्ग विकासका लागि विभिन्न साझेदारहरूसँग छलफल भइरहेको बताउनुभयो ।

कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका कोरेलका प्रमुख कार्यकारी हान मुन हीले १२६ वर्ष पुरानो कम्पनीले विश्वका विभिन्न देशमा रेलमार्ग विकास र विस्तारका लागि कार्य गर्दै आएको बताउनुभयो । नेपालमा अध्ययन तथा लगानीका लागि नेपाली पक्ष र कोरेलबीच विश्वासको वातावरण बनाई थप कार्य अघि बढाउन सकिने उहाँको भनाइ थियो । रासस