२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ

चलचित्रसम्बन्धी कानुनले नयाँ युगलाई सम्बोधन गर्छ : मन्त्री गुरुङ
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले नयाँ युगलाई सम्बोधन गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० र १३ मा निर्माण हुने ‘सिनेपाः’ नामक चलचित्र छायाङ्कन स्टुडियोको निर्माणको शिलान्यास गर्ने कार्यक्रममा मन्त्री गुरुङले नयाँ बन्ने ‘चलचित्र ऐन’ ले अहिले चलचित्र क्षेत्रमा देखिएका र सुनिएका समास्यालाई न्यूनीकरण गर्ने बताउनुभयो ।

“चलचित्रकर्मीको शैली र सोचमा परिवर्तन आइसकेको छ, यद्यपि हामी विसं २०२६ कै कानुनअनुसार चलचित्र क्षेत्रलाई अगाडि बढाइरहेका छौँ, त्यो छिट्टै परिवर्तन भएर समयानुकूल कानुन आउनेछ । हामीले चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्न यो सुरूआत गरेका हौँ, अगाडि धेरै काम गर्न बाँकी छ । तर, हामीले सुरू गरेका कामले विस्तारै नतिजा दिनेनै छ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले विसं २०२६ को चलचित्र ऐनलाई प्रतिस्थापन गर्नेगरी ल्याउन लागिएको उक्त विधेयकको मस्यौदा ‘चलचित्र ऐन’ बनेर आइसकेपछि पनि संशोधन गर्नुपर्ने विषयमा छलफल गर्न सकिने बताउनुभयो ।

विसं २०२२ देखि नै नेपालमा चलचित्र निर्माणको क्रम सुरू भए पनि ६ दशकपछि स्टुडियो बनाउन ढिलाइ भए पनि आगामी दिनमा त्यस कार्यलाई अझ प्रभावकारी एवं द्रुतगतिमा अगाडि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“विगत ६० वर्षदेखिको माग र आशा बल्ल पूरा हुँदैछन् । गफ गर्नेभन्दा पनि रफ्तारमा काम अगाडि बढायौँ भने गन्तव्यमा छिट्टै पुग्छौँ । मैले नेतृत्व गरिरहेको मन्त्रालय अन्तर्गतका सञ्चारसँग जोडिएका संस्थामा कानुन संशोधनको आवश्यकता छ । पञ्चायतीकालको कानुनमा चलेर हामीले अहिलेको समयमा योजना अनुरूपको सफलता हासिल गर्न सक्दैनौँ । त्यसकारण हामीले सार्वजनिक सेवा प्रसारण नेपालपश्चात चलचित्र ऐनलाई ल्याउन प्रक्रिया अगाडि बढाएका हौँ”, मन्त्री गुरुङले भन्नुभयो ।

उहाँले चलचित्र क्षेत्रमा देखिएका समस्यालाई एकपछि अर्को गर्दै समाधान गर्ने जनाउँदै ‘चलचित्र ऐन’ सँगै ‘मिडिया काउन्सिल विधेयक’, ‘सामाजिक सञ्जाल विधेयक’ संसद्मा पुगेको र पञ्चायती कानुनमा चलेका कानुनलाई समयसापेक्ष सुधार गर्न लागिएको बताउनुभयो ।

‘सि’ अर्थात् ‘सिनेमा’ र नेपाल भाषामा ‘नेपाः’ अर्थात् ‘नेपाल’ राखेर स्टुडियोको नामाङ्कन ‘सिनेपाः’ गरिएको हो । कुल ४२ रोपनी क्षेत्रफलमा बन्ने उक्त अत्याधुनिक स्टुडियोको कूल लागत रु ३७ करोड अनुमान गरिएको छ । रासस