२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण



अ+ अ-

काठमाडौँ। गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक रूपमा अवतरण गरेको छ।

क्यानडाबाट भारत हुँदै नेपाल फर्कँदै गरेकी रिमालको एयर इन्डियाको उडानमा प्राविधिक समस्या आएपछि जर्मनीमा ‘इमर्जेन्सी ल्यान्ड’ गरिएको हो।

फेसबुकमार्फत जानकारी दिँदै रिमालले लेखेकी छन्, “क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ। केही समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु। जय पशुपतिनाथ।”