४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण



अ+ अ-

काठमाडौँ। गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक रूपमा अवतरण गरेको छ।

क्यानडाबाट भारत हुँदै नेपाल फर्कँदै गरेकी रिमालको एयर इन्डियाको उडानमा प्राविधिक समस्या आएपछि जर्मनीमा ‘इमर्जेन्सी ल्यान्ड’ गरिएको हो।

फेसबुकमार्फत जानकारी दिँदै रिमालले लेखेकी छन्, “क्यानडाको सांगीतिक यात्रा सकेर आज एयर इन्डियाबाट नेपाल फर्कने क्रममा छु। क्यानडाबाट भारतमा ल्याण्ड हुनुपर्ने फ्लाईट जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्याण्ड भएको छ। केही समयमा जर्मनीबाट भारत हुँदै नेपाल फर्कने तयारीमा छु। जय पशुपतिनाथ।”