१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

राजश्व अनुसन्धानकाे कारबाहीमा व्यापारी, ६ अर्ब ६० कराेड राजश्व छली गरेकाे भन्दै मुद्दा दायर

राजश्व अनुसन्धानकाे कारबाहीमा व्यापारी, ६ अर्ब ६० कराेड राजश्व छली गरेकाे भन्दै मुद्दा दायर
अ अ+ अ-

काठमाडाैंः राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल जारी गरी भन्सार चोरी पैठारी निकासी गरी भ्याट र आयकर समेतको राजस्व चुहावट गरेको कसुरमा विभिन्न चारवटा फर्मका संचालक, प्रोप्राईटर तथा मुख्य अभियुक्तहरुबाट ६ अर्ब ६० करोड बिगो असुल उपर गरी जरिवाना र कैद सजाय समेत मागदावी गरी शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जनाएकाे छ ।

विभागका अनुसार, राजश्व छलीकाे कसूरमा मुद्दा दर्ता गरिएका फर्म, कम्पनीहरूमा माँ बैष्णो ट्रेड कन्सर्न,  जयमाताजी ईन्टरप्राईजेज, हाईटेक ईन्टरनेशनल प्रा.लि. तथा जे.एस.एस.मोबाईल एण्ड सर्भिसेज प्रा.लि., श्याम इम्पेक्स, श्याम वहादुर कन्सर्न प्रा.लि. र श्याम बाबा इन्टरप्राइजेजका संचालक/प्रोप्राईटर तथा मुख्य कारोबारी रहेका छन् ।

झुट्टा तथा नक्कली भ्याट विजक जारी गरी राजस्व छलि गर्ने माँ बैष्णो ट्रेड कन्सर्न समेतका ९ वटा विभिन्न फर्मका संचालक/प्रोप्राईटर/मुख्य कारोबारी समेत १९ जनाले २ अर्ब १६ करोड ६५ लाख राजस्व चुहावट गरेको विभागले जनाएकाे छ ।

विभागकाे कारवाहीकाे सूचीमा राजाराम महतो, जयकिशोर साह, सुरेश ठाकुर, पिकींकुमारी पण्डित, राजकुमार राउत कुर्मी, लक्ष्मी महतो धानुक, कृष्णलाल महतो, सुरेश महरा, अमितकुमार श्रीवास्तब, राम इश्वर महतो, परमेश्वर साह,  मुकेशकुमार झा , राजाराम महतो सुढी, उर्मिला कुमारी, नसिबकुमार झा, मुहम्मद नास्रुद्दिन आलम, निलकण्ठ श्रेष्ठ, राजेशकुमार कलवार र रुस्तम देवान छन् ।

त्यस्तै, जयमाताजी ईन्टरप्राईजेज समेतका चार वटा विभिन्न फर्मका संचालक, प्रोप्राईटरहरु समेत ३ जना (बाबुनन चौधरी कलवार, रोशनकुमार चौधरी र  राज चौधरी) ले ६१ करोड ५४ लाख २२ हजार  राजस्व चुहावट गरेकाे विभागले जनाएकाे छ ।
काठमाडौ महानगरपालिका वडा नं. १७ सोह्रखुट्टेमा संचालनमा रहेको हाईटेक ईन्टरनेशनल प्रा.लि.का संचालक समेत २ जनालाई राजस्व चुहावट गरेको अभियोगमा २ अर्व ४२ करोड ९८ लाख विगो कायम गरी मुद्दा दर्ता गरिएको छ । हाइटेकले भन्सार विन्दुबाट मालबस्तु पैठारी गर्दा कतिपय मालवस्तु घोषणा नै नगरी लुकाई छिपाई चोरी पैठारी गरी नेपाल ल्याई आफ्नो कारोबार स्थलमा राखेको, कारोबार स्थलबाट केही मालवस्तुको मात्र आधिकारिक विल वीजक जारी गरी धेरै जस्तो मालवस्तुको लुज विल जारी गरी वा न्यून विजकीकरण गरी यथार्थ कारोबारको छुट्टै लेजर खडा गरी अभिलेख राखी कारोबार लुकाई छिपाई यथार्थ कारोवार नदेखाई नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार, भ्याट तथा आयकर छली गरेको विभागले जनाएकाे छ ।

यसैगरी, काठमाडौ महानगरपालिका वडा नं. २२ महावौद्धमा संचालनमा रहेका जे.एस.एस.मोबाईल एण्ड सर्भिसेज प्रा.लि., श्याम इम्पेक्स,  श्याम वहादुर कन्सर्न प्रा.लि. र श्याम बाबा इन्टरप्राइजेजका संचालक/प्रोप्राईटर तथा मुख्य कारोबारी समेत ४ जनालाई राजस्व चुहावट गरेको अभियोगमा १ अर्व ३९ करोड ७ लाख विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।

विभागले पटक पटक भन्सार नतिरी अवैध रुपमा मेमोरी कार्ड, पेन ड्राइभ लगायतका इलेक्ट्रोनिक्स सामान ल्याई बिल बीजक जारी नगरी बिक्री गर्ने गरेको उक्त फर्महरुको कारोबार सम्बन्धी खातावही, लेजरहरु, नगदी रसिद ल्यापटप, हार्ड डिस्क लगायतका अन्य कागजात एवं प्राप्त सवुत प्रमाणहरुको छानबिनबाट उल्लिखित फर्महरुले कारोबार लुकाउने छिपाउने उद्देश्यले कर प्रयोजनमा पेश गर्ने वाहेक अलग्गै किसिमको आन्तरिक लेखा तथा खाता राख्ने गरेको, सबै बिक्री आम्दानी कर प्रयोजनमा समावेश नगरी आंशिक कारोबारमात्र देखाई नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने भन्सार, भ्याट तथा आयकर छली गरेको देखिएकाे विभागले दाबी गरेकाे छ ।