१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

विज्ञ र मन्त्रीहरुको सुविधाबारे महालेखाले उठायो प्रश्न

विज्ञ र मन्त्रीहरुको सुविधाबारे महालेखाले उठायो प्रश्न
अ अ+ अ-

काठमाडौं । महालेखा परीक्षकको कार्यालय (मलेपका) ले विभिन्न निकायका विज्ञ र मन्त्रीहरुको सुविधाबारे प्रश्न उठाएको छ । सरकारी संस्था तथा निकायको लेखापरीक्षण गर्ने एक मात्र निकाय मलेपकाले वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सेवा सुविधा सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने जनाएको छ । ‘मन्त्रिपरिषद्ले राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका विज्ञको पारिश्रमिक तथा सुविधा एवं मन्त्रीहरुको घरभाडा, निजी सचिवालयको व्यवस्था, मसलन्द तथा अतिथि सत्कार खर्च, अंगरक्षक र गार्डको सुविधा सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णयको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्दछ,’ मलेपकाको ५७औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षक कार्यालयले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ र मन्त्रीहरुको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०४९ मा मन्त्रिपरिषद्को निर्णयअनुरूप प्रदान भएका सेवा सुविधाको सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि जनाएको छ । महालेखा परीक्षकको कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनको प्रत्यक्ष वा अनलाइन अनुगमन गर्न सफ्टवेयरको व्यवस्था रहेको भन्दै निर्णय कार्यान्वयनको अनुगमन गरी प्रतिवेदन तयार गर्नुपर्ने जनाएको छ । मलेपकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहत सरकारी कार्यालय तथा संगठित संस्था समेत १८७ निकायबाट कार्यसम्पादन गरी सेवा प्रवाह भइरहेको जनाएको छ । मलेपकाले कार्यालय र मातहतका १७९ निकायको निम्नानुसार ९४ अर्ब १६ करोड ४५ लाखको लेखापरीक्षण सम्पन्न भएको जनाएको छ ।

सार्वजनिक खरिद नियमावलीमा आशंका
मलेपकाले खरिद कानुनलाई समयानुकूल बनाउन सार्वजनिक खरिद नियमावली, २०६४ लाई ३० वैशाख २०७६ देखि पुससम्म चारपटक संशोधन गरेको र चारैपटक नियम १२० मा रहेको म्याद थपसम्बन्धी व्यवस्था संशोधन भएकामा आशंका व्यक्त गरेको छ । महालेखाले छोटो समयमै एउटै प्रावधानमा पटक पटक संशोधन गरेको देखिँदा पर्याप्त अध्ययनबिना कानुन संशोधन गरिएको जनाएको छ । महालेखाले संशोधन पूर्वविभागीय प्रमुखलाई असिमित अधिकार रहेकोमा वैशाख ३० मा सम्झौताको २५ प्रतिशसम्म विभागीय प्रमुखले र सोभन्दा बढी सुरु सम्झौताको ५० प्रतिशतभन्दा नबढ्ने गरी सचिवले म्याद थप गर्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

छैटौं संशोधन भएको एक महिना नबित्दै २३ जेठमा भएको सातौं संशोधनले सुरु सम्झौताको २५ प्रतिशत म्याद थप भई कार्य सम्पन्न नभएका सम्झौताको हकमा मन्त्रालयको सचिवले बढीमा एक वर्ष म्याद थप गर्न सक्ने व्यवस्था गरेको देखिएको जनाएको छ । त्यस्तै, १६ साउनमा भएको आठौं संशोधनले २३ जेठअघि खरिद सम्झौता भई कार्य सम्पन्न हुन नसकी मन्त्रालय वा निकायका विशिष्ट क्षेत्रीका अधिकारीले एक वर्ष म्याद थप गरेको अवधिमा समेत कार्य सम्पन्न नभएमा कार्यसम्पादन जमानत वा धरौटी जफत गरिने र त्यसरी काम सम्पन्न नभएका कारण हुन गएको हानि नोक्सानीसमेत असुलउपर गरी कालोसूचीमा राख्न कारबाही गरिने व्यवस्था गरेको जनाएको छ ।

तर, फेरि १४ पुसमा नवौं संशोधन गरी आठौं संशोधनका आधारमा गरेको म्याद थपको अवधिमा समेत विशेष परिस्थिति वा अन्य मनासिव कारणले सम्झौताबमोजिमको काम सम्पन्न हुन नसकेमा सार्वज्निक निकायलाई थप आर्थिक भार नपर्ने गरी नेपाल सरकार मन्त्रिपरिषद्ले आवश्यक म्याद थप गर्न सक्ने व्यवस्था गरेको जनाइएको छ । राजधानी दैनिक