१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली, दाहाल, र नेपालबीच आज छलफल हुँदै , सहमतिका लागि उपायहरु खोजिँदै



अ+ अ-

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरकलह समाधान उन्मुख हुँदै गएको छ । पटक पटक स्थायी समितिको बैठक स्थगित गरेर दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच निरन्तर सम्बाद पनि दुई शीर्ष नेताहरु सहमतिको नजिक पुगेका हुन् ।

दुई नेताबीच भएको छलफलको विषयलाई अर्का वरिष्ट नेता माधव कुमार नेपाललाई जानकारी गराउँदै आए पनि आज भने तीन नेताबीच छलफल गरेर समाधान खोजिने भएको छ । यसका लागि आज दिउँसो अध्यक्ष तथा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष दाहाल, नेता नेपाल बीच बालुवाटारमा छलफल हुँदैछ ।

आज एक तहको सहमति भए भोलिसम्मका लागि रोकिएको स्थायी समितिको बैठक पुनः सुचारु हुनेछ भने छलफल निरन्तर रहे बैठक पुनः रोकिने एक नेताले जानकारी दिए । अधिकार, कार्यक्षेत्र र पदीय भागबण्डामा बिमति रहेका नेताहरु फेरि एक पटक लिखित रुपमा नै निर्णयमा पुग्न लागेको पनि ती नेताले जानकारी दिए ।

शीर्ष तहको सम्वाद पछि नै सडकमा निस्किएका दुबैतिरमा कार्यकर्ता फर्किएको र नेता तथा कार्यकर्ता बीचको आरोप प्रत्यारोपको श्रृंखला थामिएको थियो ।

बरिष्ठ नेता नेपालले दुई अध्यक्षबीच मात्र हुने सहमति मान्य नहुने अभिव्यक्ति दिँदै आउनु भएको छ भने अर्का नेता झलनाथ खनालले पनि सबै बिषय स्थायी समितिको बैठकबाट नै टुङ्गो लगाउनु पर्ने अडान राख्दै आउनु भएपनि नेतालाई भने छलफलमा सहभागी गराइएको छैन ।