२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

सीमामा ‘बिओपी’ नहुँदा सुरक्षा चुनौती

सीमामा ‘बिओपी’ नहुँदा सुरक्षा चुनौती
अ अ+ अ-

सुदूरपश्चिम। कञ्चनपुरको पुनर्वास नगरपालिका–८ को सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) नहुँदा सुरक्षा चुनौती बढेको छ ।

बिओपी नहुँदा सीमामा असुरक्षित महशुस गरेको स्थानीय सिद्धराज ओझाले बताउनुभयो । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै चोरी तस्करी हुने र लागु औषधको ओसार पसार वृद्धि भइरहेको स्थानीयको गुनासो छ ।

सीमापारीबाट आउने आपराधिक समूहले गोठमा बाँधेका गाई र भैँसी रातीको समयमा चोरेर लैजाने गरेको स्थानीयले बताए ।  “हामी सीमामा सचेत भएर बसेका छौँ”, ओझाले भन्नुभयो । उहाँले बिओपी स्थापनाका लागि बाटोसहित दश कठ्ठा जग्गा दान गर्नुभएको थियो ।

सीमामा असुरक्षाको महशुस गरेर नै ‘बिओपी’ स्थापनाको आशा राखेर जग्गा दान गरेका थियौँ,” उहाँले भन्नुभयो “जग्गामा बिओपी बनाउने भनेर बजेट पनि विनियोजन भयो, तर प्रदेश मन्त्रालयले काम नगरिँदिदा अघि बढ्न नसकेर सकेन ।

सशस्त्र प्रहरी बलको उपस्थितिसँगै सीमा क्षेत्रका नेपाली गाउँमा पारीबाट पस्ने हतियारसहितको समूहले रातिको समयमा डकैती, लुटपाट गर्ने पहिलेजस्तो घटना भने रोकिएको स्थानीयवासीको अनुभव छ । स्थानीय दीपेन्द्र बस्नेतले भन्नुभयो, “सीमाका गाउँमा पहिलेको जस्तो डकैती र लुटपाटका घटना रोखिएका छन्, तरपनि बिओपी ठाउँठाउँमा आवश्यक छ।

केही वर्षअघि पुनर्वास नगरपालिकाकै सीमा क्षेत्रमा उत्पन्न विवादको क्रममा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमले सहादत प्राप्त गर्नुभएको थियो । सरकारले गौतमलाई सहीद घोषणा गरेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वाटर कञ्चनपुरका प्रहरी उपरीक्षक लोकेन्द्रदेव भट्ट कञ्चनपुरको पश्चिम  र दक्षिण सीमाक्षेत्रको १२९.५ किलोमिटर लामो भागका १७ ठाउँमा बिओपी कार्यालय स्थापना भइसकेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “बिओपी बढाउँदै लैजाने सरकारको नीति छ, सीमामा आपराधिक एवं अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बल सक्रिय भइरहेको छ ।” सीमा क्षेत्रमा स्थापना भएका बिओपीमा पर्याप्त स्रोत साधनको अभाव हुने गरेको छ ।

तत्कालीन राजा महेन्द्रको पालामा विसं २०२८मा पुनर्वास कम्पनीमार्फत् कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा जग्गा, रासनपानी, कृषिजन्य औजार उपलब्ध गराएर सयौँ परिवारलाई पुनर्वास गराइएको थियो । रासस