२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यानदिन जरुरी छ : वनमन्त्री शाही

वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यानदिन जरुरी छ : वनमन्त्री शाही
अ अ+ अ-

काठमाडौँ।वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन संरक्षणका साथै काठको सदुपयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित डिभिजनल वन अधिकृतहरूको राष्ट्रिय गोष्ठी उद्घाटन कार्यक्रममा उहाँले वनमा काठ सड्ने तर उपभोक्ताले नपाउने समस्या समाधान गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्री शाहीले भन्नुभयो, “यीलगायत विविध समस्या छन्, यसमा के–कस्ता उपायहरू अवलम्बन गरी वनको संरक्षण र काठको सदुपयोग बढाउन सकिन्छ भनेर यो गोष्ठीमा छलफल होस् र निष्कर्ष निस्कियोस् ।”

उहाँले सङ्घीय शासन प्रणालीअनुसार वन व्यवस्थापनको प्रमुख जिम्मेवारी प्रदेश तहमा पुगेको भए पनि समग्र नीति निर्माण, प्राविधिक मापदण्ड निर्धारण र अन्तरसरकारी समन्वय भने सङ्घीय सरकारको दायित्व भएको उल्लेख गर्नुभयो ।

मन्त्री शाहीले गोष्ठीले विगतका उपलब्धिहरूको समीक्षा गर्दै वर्तमान चुनौतीहरूमा गहिरो छलफल गर्ने अपेक्षा गर्नुभयो । “यसका साथै दिगो वन व्यवस्थापन, स्थानीय समुदायको सक्रिय सहभागिता, वन पैदावारको आन्तरिक उत्पादन वृद्धि गरी काठ तथा फर्निचरको आयात प्रतिस्थापन गर्ने उपायबारे छलफल आवश्यक छ”, उहाँले भन्नुभयो, “गोष्ठीले सबै नागरिकले वन पैदावार उपयोग गर्न सक्ने पहुँच सुनिश्चित गर्ने उपाय तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मार्गदर्शन गर्नेगरी निष्कर्ष निकाल्ने अपेक्षा गरेको छु ।”

वन क्षेत्रको जमिन अन्य प्रयोजनका लागि प्रयोग गर्न पर्दा सम्भव भएसम्म वैकल्पिक उपाय अपनाउनुपर्ने र यसमा विकास र वातावरण सन्तुलनको सिद्धान्त पालना गर्दै प्रदेश सरकार तथा डिभिजनल वन कार्यालयले सहजीकरण गर्नुपर्ने मन्त्री शाहीको जोड थियो । रासस