१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धका अहिंसा तथा शान्तिका शिक्षा अहिले पनि उत्तिकै सान्दर्भिक छ : पूर्वप्रधानमन्त्री खनाल



file
अ+ अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बुद्धका शिक्षामध्ये अहिंसा र शान्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै नेता खनालले बुद्ध दर्शनको गहन अध्ययन गरी त्यसभित्रका सकारात्मक र सान्दर्भिक पक्षलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले शान्तिपूर्ण सहअस्तित्व, सम्पूर्ण जीवन र जगतमा हुने परिवर्तन, लैङ्गिक समानता, छुवाछुत तथा उच्च र निचको वर्णवादी सिद्धान्त, सामूहिकताको सिद्धान्तजस्ता नीति र सिद्धान्तले समाजको विकास र रूपान्तरणको प्रक्रियाका निम्ति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।

बौद्ध दर्शनका अध्येतासमेत रहनुभएका नेता खनालले विश्व शान्तिका अग्रदूत तथा महान् दार्शनिक गौतम बुद्धप्रति सम्मान र श्रद्धा अर्पण गर्दै सम्पूर्ण बौद्धजनलाई शान्ति, सद्भाव र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले किरात समुदायको उभौली पर्वको अवसरमा पनि सम्पूर्ण नेपालीलाई सुख शान्ति तथा समृद्धिको शुभकामना प्रकट गर्नुभयो । रासस