२८ आश्विन २०८१, सोमबार
,
Latest
तौल घटाउन चाहनुहुन्छ भने आफ्नो डाइटबाट हटाउनुहोस् यी ४ चिज खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान राजनीतिक दलको कार्यालय बनाउन सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत: एमाले नेतृ डा बिन्दा… सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टेरमा अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज दुर्घटना न्यूनीकरणका लागि नि:शुल्क खाजासहितको विश्रामस्थल नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी जुम्लामा दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा काठको अवैध ओसारपसार गरिरहेको अवस्थामा एक जना पक्राउ पिङ संरक्षणमा जुटे युवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण



अ+ अ-

चितवन । कुखुरा पालक कृषकलाई विचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण र सहकारीमार्फत आवश्यक सामग्री बिक्री एवं कच्चा पदार्थ खरिदमा सहयोग गरिने भएको छ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले भरतपुरको रामनगरमा रहेको आफ्नो जग्गामा बहुउद्देश्यिय भवन निर्माण गरि ती काम गर्न लागेको हो । 

सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार रामनगरमा रहेको तीन कठ्ठा चार धुर जग्गामा अलगअलग भवन बनाइने छ । चार तलाको ती भवनमा अण्डा राख्न शीतभण्डार, अण्डा उत्पादक कृषक मात्र रहेको सहकारीका पसल सञ्चालन हुने छन् । सङ्घका केन्द्रीय उपाध्यक्ष किरणभूषण ओलीको अध्यक्षतामा नेपाल अण्डा उत्पादक कृषि सहकारी दर्ता गरिएको छ । शीतभण्डारका लागि  प्रदेश सरकार र सङ्घीय सरकारले बजेट विनियोजन गरीसकेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती प्रदेशले फरक फरक शीर्षकमा रु दुई करोड र सङ्घीय सरकारले रु ६९ लाख विनियोजन गरेको छ । काम गर्दै जाँदा आवश्यक पर्ने रकम थप गरिने आश्वासन पाएको केसीले बताउनुभयो । 

सङ्घका उपाध्यक्ष एवं सहकारीका अध्यक्ष ओलीका अनुसार शीतभण्डारमा एक लाख पेटी अण्डा भण्डारण गर्न सकिने छ । तापक्रम मिलाएर छोटो समयका लागि अण्डा राख्न मिल्छ । जसले गर्दा समयमा बिक्री नभएर अण्डा नष्ट हुनबाट जोगिने हुन्छ । ओलीका अनुसार सङ्घका सदस्य सहकारीमा रहनेछन् । सहकारीमार्फत अण्डा उत्पादक कृषकलाई आवश्यक चल्ला, औषधि, दाना, भाँडा, प्राविधिक परामर्शसँगै अण्डाको बजारीकरणमा पनि सहयोग गरिने उहाँले बताउनुभयो । 

कृषकलाई आवश्यक पर्ने सामग्री र अण्डा बिक्री गर्दा भएको विचौलियाको बिगबिगीलाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा सहकारीले काम गर्ने उहाँले जानकारी दिनुभयो । नेपाल अण्डामा आत्मनिर्भर रहेको छ । हाल दुई हजार ७०० भन्दा बढी कृषक यस पेशामा आबद्ध छन् । एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको अण्डा क्षेत्रमा मात्र रु ४० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । बजार मूल्यमा एकरुपता नहुँदा धेरै यो पेशाबाट विस्थापित भई सकेको केन्द्रीय अध्यक्ष केसी बताउनुहुन्छ । उहाँले भन्नुभयो,  “हामी विचौलियाको दबदबालाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा काम गर्न लागेका छौँ ।” केसीले कृषि तथा पशुपक्षी मन्त्रालय र वाग्मती प्रदेशको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका मन्त्रीज्यूहरु आफँै सकारात्मक र कृषकको पक्षमा तत्काल काम गर्नुपर्छ भन्नेमा रहेकाले सङ्घलाई बल पुगेको बताउनुभयो ।