१३ भाद्र २०८३, शनिबार
,
Latest
स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिङ संरक्षणमा जुटे युवा



अ+ अ-

दमौली (तनहुँ) । विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् ।

भानु नगरपालिका–१३ सम्जुरमा युवाहरुले छ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल भएपछि आफूहरुले रोटे पिङ बनाएको सम्जुरका युवा अर्जुन बानियाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा दसैँ सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।”

वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।”

यस्तै व्यास नगरपालिका–१२ कमलाबारीमा अकला युवा क्लवले लिङ्गे पिङ बनाएको छ । दसैँमा पिङ हाल्ने संस्कृतिको संरक्षणका लागि युवाहरु मिलेर पिङ हालेको क्लवका तारा पन्थले बताउनुभयो । उहाँले भन्नुभयो, “पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाइजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाइजहाज चढ्न नसक्नेहरुले वर्षमा एकपटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन रहँदै आएको छ ।”

म्याग्दे गाउँपालिका–१ गुणादीमा फ्रेण्डसीप युवा क्लव, व्यास नगरपालिका–१० बैरेनी, शुक्लागण्डकी नगरपालिका–११ थामडाँडा, व्यास नगरपालिका–३ दमौलीमा पनि रोटे तथा लिङ्गे पिङ हालिएको छ । रासस




भर्खरै