९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाले भारतलाई नौ रनले हराउँदै आईसीसी वुमेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप २०२४ को सेमिफाइलन यात्रा निश्चित गरेको छ ।

अर्कोतर्फ हारपछि भारतको भविष्य भने अर्को टिमको हातमा गएको छ । अस्ट्रेलिया महिला ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको यो लगातार नवौंपल्ट हो ।

सारजाहमा भएको खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ५१ रन बनाएको थियो । ग्रिस ह्यारिसले ४० रन बनाइन् । जवाफमा भारतले नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । उसका लागि हरमनप्रितले नटआउट रहँदै ५४ रन बनाए पनि त्यो पर्याप्त रहेन ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया समूह ‘ए’ को शीर्षमा रहने निश्चित भएको छ । उसले लिग चरणका सबै चार खेल जितेको छ । भारत अझै दोस्रो स्थानमा छ ।

अब अर्को खेलमा पाकिस्तानले न्युजिल्यान्डले हराउने र भारत ती दुवै टिमको रन रेटभन्दा माथि रहेको अवस्थामा उसको सेमिफाइनलको सम्भावना रहनेछ ।