२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले अमेरिकी–इजरायली नागरिक अलेक्जेन्डरलाई रिहा गर्ने



Photo : BBC
अ+ अ-

काठमाडौं । हमासले इजरायली–अमेरिकन बन्दी एडज अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ ।

गाजाले बन्दी बनाएका मध्ये उनी अन्तिम जीवित इजरायली–अमेरिकी भएको अनुमान गरिएको छ । मङ्गलबार अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको हुन लागेको मध्यपूर्व भ्रमणको पूर्व सन्ध्यामा उनको रिहाइ हुने भएको हो ।

७० दिनदेखि इजरायली अवरोधका कारण मानवीय सहयोग रोकिएको गाजामा उक्त अवरोध खुला गर्ने इजरायलले जनाएको छ ।

यसअघि कतारमा हमासका प्रतिनिधिले अमेरिकी प्रशासनसँग सिधै वार्ता गर्ने जनाएको थियो । हमासले अलेक्जेन्डरलाई रिहाइ गर्न लागेको अमेरिका मार्फत थाहा पाएको समेत इजरायलले बताएको छ ।

अलेक्जेन्डरको रिहाइ गर्नुअघि हमासले मध्यस्थता गर्नेहरूसँग वार्ता गर्ने भएको छ । अलेक्जेन्डरको रिहाइको समयमा आक्रमण नहोस् भन्नका लागि उनीहरूले सोमबार सुरुवातमा नै वार्ता अघि बढाउन लागेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई सकारात्मक सङ्केतको रूपमा लिँदै विश्वासको वातावरण बन्न सक्ने सम्भावना व्यक्त गरेका छन् । उनले नै सामाजिक सञ्जाल मार्फत नै यस कुराको पुष्टि गरेका छन् ।

तेल अभिभमा जन्मिएर अमेरिकाको न्यूजर्सीमा हुर्किएका २१ वर्षीय अलेक्जेन्डर ७ अक्टोबर २०२३ मा अपहरणमा परेका थिए । उक्त दिन २५१ जना बन्दी बनाइएका मध्ये ५९ जना अझै रिहा भएका छैनन् । यी मध्य २४ जना जीवित रहेको अनुमान छ ।