२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण
अ अ+ अ-

ताप्लेजुङ। विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १० जना पर्वतारोहीले आरोहण गरेका छन् । आठ हजार ५८६ मिटर उचाइको यो शिखर चुम्नेमा पाँचजना अन्तरराष्ट्रिय पर्वतारोही तथा पाँचजना नेपाली छन् ।

आरोहण गर्नेहरूमा कोसोभोकी फ्लुतुरा इब्राहिमी, बेलायती नागरिक एड्रियन माइकल हेस, इरानका अलिरेजा बेहपुर र सेयदमिदरजा हाशेमी तथा संयुक्त अरब इमिरेट्सका सइद अल्मेमारी रहेका छन् ।

यसैगरी, नेपाली शेर्पाहरू ल्हाक्पातेम्बा शेर्पा, ङिमादोर्ची शेर्पा, फुरसोना शेर्पा, ग्यालु शेर्पा र छाङ्वा शेर्पाले पनि सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागार्इंले जानकारी दिनुभयो । आरोही सबै जना सेभेन समिट ट्रेक्सबाट गएका थिए । उहाँका अनुसार शनिबार दिउँसो टोलीले शिखर मार्ग सुरक्षित गर्दै सफलतापूर्वक आरोहण सम्पन्न गरेको हो ।

टोलीले शुक्रबार साँझ शिविर ४ बाट शिखरतर्फको अन्तिम यात्रा सुरु गरेको थियो । अन्तिम खण्डमा करिब ३५० मिटरभन्दा बढी डोरी फिक्स गर्दै टोलीले चुचुरो पुग्ने मार्ग तय गरेको थियो । यसअघि एलिट एक्सपेडको आठ सदस्यीय फिक्सिङ टोलीले आधार शिविरदेखि करिब आठ हजार ४०० मिटर उचाइसम्मको मार्गमा डोरी फिक्स गर्दै शिखर मार्ग सुरक्षाको जिम्मेवारी पूरा गरेको थियो । सोही तयारीपछि मुख्य आरोहण टोलीले अन्तिम प्रयासमार्फत कञ्चनजङ्घाको चुचुरोमा पाइला टेक्न सफल भएको हो । रासस