२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

‘आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्ति रोक्नुपर्छ’

‘आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्ति रोक्नुपर्छ’
फाइल फोटो
अ अ+ अ-

ललितपुर। जिल्ला समन्वय समिति ललितपुरले आयोजना गरेको चौमासिक समीक्षामा धारणा राख्ने सरोकारवालाहरुले विनियोजित आर्थिक वर्षको अन्त्यमा वार्षिक बजेट खर्च गर्ने प्रवृत्ति रोक्नुपर्नेमा जोड दिनुभएकोछ ।

जिल्लास्थित कार्यालय र स्थानीय तहले आर्थिक वर्ष २०८१÷८२ को दोस्रो चौमासिक समीक्षामा सहजीकरण गर्ने प्रतिबद्धतासहितको मन्तव्य राख्नुहुँदै जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिदेव फुयाँलले हरेक समीक्षाले सबैलाई केही न केही सन्देश दिन्छ भन्दै नागरिकले अनुभूति गर्नेगरी विकासका काम अगाडि  बढाउन आग्रह गर्नुभएको हो ।

“वार्षिक बजेटको ४० प्रतिशत असारमा खर्च हुने प्रवृत्ति रोकिनुपर्छ, त्यसका लागि ध्यान दिन आग्रह छ, कार्यक्रम सम्पन्न गर्ने जिम्मेवारी र दायित्व पूरा गर्ने कार्यालयलाई यस्ता समीक्षाले थप जिम्मेवार बनाउँछ”, उहाँले भन्नुभयो ।

उपप्रमुख रामलाल थिङले जनअपेक्षाअनुरुप विकासका गतिविधि अगाडि बढाउन सबै कार्यालयबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । कोन्ज्योसोम गाउँपालिकाका उपप्रमुख राजनप्रसाद घिमिरेले ललितपुरका तीनवटा गाउँपालिका गत असोज ११ र १२ गतेको बाढिपहिरोबाट धेरै प्रभावित भएकाले क्षतिको मूल्याङ्कनका आधारमा समस्या समाधान गर्नेगरी जिल्लास्थित विषयगत कार्यालयलाई आग्रह गर्नुभयो ।

हामी निर्वाचित भएको तीन वर्ष भयो, जिल्लाका विषयगत कार्यालयले गरेका कतिपय काम र कार्यक्रम हामीलाई नै थाहा हुँदैन, यो समस्या छ, स्थानीय सरकारलाई त्यहाँ सञ्चालन भएको कार्यक्रम जानकारी हुनुपर्छ । सङ्घ र प्रदेशका नियन्त्रणमा रहेका सबै कार्यालय स्थानीय सरकारप्रति पनि उत्तरदायी हुनुपर्छ”, उहाँले भन्नुभयो ।

ललितपुरका जिल्ला समन्वय अधिकारी हरिनारायण बेलवासेले आर्थिक वर्षमा विकास निर्माणमा देखिएका समस्या समाधानका लागि समन्वय, सहकार्य र सहजीकरणको काम जिल्ला समन्वय समितिको भएकाले समाधानका उपाय ल्याउन आग्रह गर्नुभयो ।

“स्थानीयस्तरका समस्याहरु तपाईंले ल्याउने हो, हामीले तपाईंहरुलाई सहजीकरण गर्ने हो, काम देखाउनका लागि प्रस्तुतीकरण मात्रै लिएर नआउनूस्, अलि रचनात्मक र जनजीविका सुधार गर्नेखाका कार्यक्रमहरु पनि बनाउनूस्, सहजीकरणका लागि भएका समस्यामा हामी तयार छौँ”, उहाँले भन्नुभयो ।

सडक डिभिजन कार्यालय ललितपुरका इन्जिनियर आशिष महर्जनले जिल्लामा रहेका ४२ वटा सडकहरुमा ३७.४ प्रतिशत वित्तीय प्रगति रहेको बताउनुभयो । उहाँले जिल्लामा ३९ वटा सडकमा निर्माणका लागि ठेक्का प्रक्रियामा रहेको जानकारी गराउनुभयो ।

कान्तिलोकपथ आयोजनाका इन्जिनियर उपेन्द्र महरानले कान्तिलोकपथको ललितपुर खण्डमा पहिरोको मुख्य समस्या रहेको बताउनुभयो । उहाँले सडकलाई नियमित सञ्चालन गर्नका लागि मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा १० चक्के गाडी गुड्न मिल्ने बेलिब्रिज निर्माण गर्नेगरी काम भइरहेको जानकारी गराउनुभयो ।

पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर रबिन खातीले प्रदेशअन्तर्गत जिल्लामा सञ्चालनमा रहेका योजनामा ६ प्रतिशत वित्तीय प्रगति र ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी गराउनुभयो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर महेश शर्माले जिल्लामा ११७ वटा प्रदेशस्तरीय आयोजना कार्यान्वयनमा रहेको जानकारी गराउँदै कार्यान्वयनमा रहेका प्रदेशअन्तर्गतका आयोजनामा ६८ प्रतिशत र सङ्घीय आयोजनामा ६७ प्रतिशत प्रगति भएको बताउनुभयो । उहाँले खानेपानीको संरचना निर्माण गर्दा जग्गा प्राप्तिमा समस्या हुने गरेको जानकारी गराउनुभयो । रासस