काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई अघोषित नजरबन्दमा राखिएको हल्लालाई निर्मल निवासले खण्डन गरेको छ ।
पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस्तो हल्लामा सत्यता नरहेको जनाउनु भएको छ ।
आज सामाजिक सञ्जालमा पूर्वराजालाई नजरबन्दमा राखिएको भन्दै अफवाह फैलिएपछि पाठकले प्रतिक्रिया जनाउदै यस्तो खबरमा सत्यता नरहेको जानकारी दिनु भयो ।
पाठकले सामाजिक संञ्जालमा लेख्नु भएको छ
‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहान्छु ।’










