२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे
अ अ+ अ-

बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गरिने बताउनुभएको छ ।

आज बागलुङमा आयोजित गण्डकी प्रदेशस्तरीय न्यायिक सम्मेलनमा उहाँले नागरिकलाई आयआर्जनसँग जोड्न स्थानीयस्तरमै रोजगार सिर्जना गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।

मुख्यमन्त्री पाण्डेले अब प्रदेशभित्रका पालिकामा बढी उत्पादन हुने वस्तुलाई प्राथमिकता दिएर जनशक्ति परिचालन गरिने बताउनुभयो । “आगामी वर्षदेखि स्थानीय र प्रदेश सरकारको सहकार्यमा नागरिकलाई गाउँमै आयआर्जनसँग जोड्ने कार्यक्रम ल्याउँछौँ, रोजगारी सिर्जना गर्छौं । कुन पालिकामा के उत्पादन हुन्छ त्यसलाई प्राथमिकता दिएर काम गर्ने र जनशक्ति परिचालन गर्ने हाम्रो योजना छ”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारले गाउँमा ठूलो लगानी गरेर पूर्वाधार निर्माण भए पनि त्यसको उपभोग गर्ने जनसङ्ख्या कम भएकाले गम्भीर भएर सोच्नुपर्ने बेला आएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेपछि पर्यटकको सङ्ख्या बढेको बताउँदै उहाँले पर्यटनमार्फत गण्डकीलाई समृद्ध बनाउन सकिने भएकाले पोखरा आउने पर्यटकलाई सबै जिल्लामा पु¥याउनका लागि आवश्यक पूर्वधार निर्माण र प्रचारप्रसारलाई जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले जनताको घरदैलोमा आवश्यकताअनुसार न्यायको पहुँच पु¥याउन स्थानीय र प्रदेश सरकारको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तहका न्यायिक समितिलाई न्यायसम्पादनमा सघाउ पु¥याउन प्रदेश सरकारले सबै पालिकामा न्यायिक सहजकर्ताको व्यवस्थापन गरेकाले न्यायसम्पादन गर्दा कसैले प्रश्न नउठाउने गरी काम गर्न आग्रह गर्नुभयो । रासस