५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको निर्णय सच्याउँन युवा नेताको माग



अ+ अ-

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालमा विवाद भएको छ । संघका इन्चार्ज लक्ष्मण केसीले जारी गरेको बक्तव्य अनुसार रोशन थापा आयोजक समितिका संयोजक तोकिएपछि विवाद भएको हो ।

समितिमा कुनै छलफल एवं रायसल्लाह बिना गरिएको निर्णय मान्य नहुने उनीहरुले जनाएका छन् । संघका उपमहासचिवद्धय संजिप राइ, निर्भिक खनाल र सचिवद्धय भेषराज शाह र अनिल बोगटीले आज संयुक्त बिज्ञप्ती जारी गर्दै निर्णय सच्याउन माग गरेका छन् ।

‘निर्णय नसच्चाए युवा संघ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै युवा आन्दोलन लाई गलत दिशावाट जान रोक्न हाम्रो जिम्मेवारी र जवाफदेहिताको बोधगरी यो गलत आभ्यास र निर्णयका सम्बन्धमा हामि कडा कदम चल्न वाध्य हुने कुरा जानकारी गराउदछौ’ उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

इन्चार्ज केसीले तोकेको आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई छन् । आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ । कार्यदलमा संयोजक थापा सहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।

‘हाम्रो मातृ पार्टी नेकपा ( एकीकृत समाजवादी ) ले मिति २०८१÷ १०÷ १४ गते जारि गरेको अन्तरपार्टी निर्देशन – ४ को बुदा न. ६ बमोजिम युवा संघ नेपालको तत्कालिन नेतृत्व र पदाधिकारीहरु पार्टी केन्द्रिय सदस्य भैसकेकाले युवा संघ वाट बिदा गर्ने र इन्चार्ज लाई संगठनको सम्मेलन लगायतको कामको योजना बनाइ अगाडी बढाउने निर्देशन गरेको छ ।

तर हिजो इन्चार्ज कमरेडले एकाएक, युवा संघमा बाँकी रहेका पदाधिकारीहरु एवं कार्यालय कमिटिका सदस्यहरु संग कुनै छलफल र बैठक नै नगरी संयोजक, सहसंयोजकहरु र पार्टी केन्द्रिय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गर्नु भएको प्रति हाम्रो घोर आपत्ति रहेको छ,’ जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।




भर्खरै