६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल मे १६ बाट फेरि सुरु हुने !



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मे १६ बाट फेरि सुरु हुन सक्ने भएको छ ।

यस्तै, फाइनल खेल मे ३० मा हुने सम्भावना छ । आइतबार बीसीसीआई स्रोतलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूमा यो जानकारी दिइएको हो । अब बाँकी १६ खेलको नयाँ तालिका चाँडै जारी गरिनेछ ।

पाकिस्तानसँगको तनावका कारण मे ९ मा आईपीएल २०२५ स्थगित गर्नुपरेको थियो । लिग रोक्दा बीसीसीआईले देश अहिले युद्धको अवस्थामा रहेको बताएको थियो । यस्तो अवस्थामा क्रिकेट प्रतियोगिता आयोजना गर्नु उचित होइन ।

आईपीएल २०२५ अन्तर्गत ७४ खेल खेलाइने थियो । मे ८ सम्ममा ५८ खेल भइसकेका थिए । अर्थात् अब १६ खेल बाँकी छन् । जसमध्ये १२ खेल लिग चरणका छन् भने ४ खेल प्ले–अफ चरणका छन् ।

मुम्बई, कोलकाता, राजस्थान र चेन्नईका दुई–दुई लिग खेल बाँकी छन् । बाँकी टोलीहरूले अझै तीन–तीन लिग खेल खेल्न बाँकी छ ।

आईपीएलका १० मध्ये तीन टोली प्लेअफको दौडबाट बाहिरिएका छन् । यी तीन टोलीहरू हैदराबाद, राजस्थान र चेन्नई हुन् । बाँकी टोलीहरू अझै प्लेअफ दौडमा छन् ।