५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की



From left, British Prime Minister Keir Starmer, President Volodymyr Zelenskyy, French President Emmanuel Macron, Polish Prime Minister Donald Tusk and German Chancellor Friedrich Merz make a call to U.S. President Donald Trump from Kyiv, Ukraine, on Saturday, May 10, 2025. (AP Photo/Mstyslav Chernov)
अ+ अ-

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन । हामी आशा गर्दछौं कि रुसले पूर्ण, स्थायी र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन वाताका लागि तयार छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

जेलेन्स्कीले सन् २०२२ मा मस्कोको आक्रमणबाट सुरु भएको तीन वर्ष लामो युद्धलाई अन्त्य गर्न रुसले सुरक्षित अवतरण खोजिरहेको पनि दावी गर्नुभयो ।

जेलेन्स्कीले भन्नुभयो, “रुसले अन्ततः युद्ध अन्त्य गर्ने बारे सोच्न थालेको छ । यो सकारात्मक सङ्केत हो ।”

उहाँले भन्नुभयो, “सारा विश्वले लामो समयदेखि यसको प्रतिक्षा गरिरहेको छ र कुनै पनि युद्धलाई वास्तवमै अन्त्य गर्ने पहिलो कदम युद्धविराम हो।