३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की



From left, British Prime Minister Keir Starmer, President Volodymyr Zelenskyy, French President Emmanuel Macron, Polish Prime Minister Donald Tusk and German Chancellor Friedrich Merz make a call to U.S. President Donald Trump from Kyiv, Ukraine, on Saturday, May 10, 2025. (AP Photo/Mstyslav Chernov)
अ+ अ-

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र किएभ रुससँग प्रत्यक्ष वार्ताका लागि ‘तयार’ रहेको बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना इस्तानबुलमा किएभसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेको केही घण्टापछि जेलेन्स्कीले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “एक दिन पनि हत्या जारी राख्नुको कुनै तुक छैन । हामी आशा गर्दछौं कि रुसले पूर्ण, स्थायी र भरपर्दो युद्धविरामको पुष्टि गर्नेछ र युक्रेन वाताका लागि तयार छ,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

जेलेन्स्कीले सन् २०२२ मा मस्कोको आक्रमणबाट सुरु भएको तीन वर्ष लामो युद्धलाई अन्त्य गर्न रुसले सुरक्षित अवतरण खोजिरहेको पनि दावी गर्नुभयो ।

जेलेन्स्कीले भन्नुभयो, “रुसले अन्ततः युद्ध अन्त्य गर्ने बारे सोच्न थालेको छ । यो सकारात्मक सङ्केत हो ।”

उहाँले भन्नुभयो, “सारा विश्वले लामो समयदेखि यसको प्रतिक्षा गरिरहेको छ र कुनै पनि युद्धलाई वास्तवमै अन्त्य गर्ने पहिलो कदम युद्धविराम हो।