१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

किन फुट्यो मेलम्ची सुरुङ ? प्राविधिकहरू भन्छन्, ‘कारण हो– गुणस्तरहीन काम’

किन फुट्यो मेलम्ची सुरुङ ?  प्राविधिकहरू भन्छन्, ‘कारण हो– गुणस्तरहीन काम’
अ अ+ अ-

मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्चीको पानी सुन्दरीजलसम्म पुर्याउन असार २१ गते सुरुङ परीक्षण थालियो। स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो। उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी मेलम्ची अब काठमाडौंवासीको सपना नरहेर विपनामा परिणत भएको उद्घोष गरिन्। तर, त्यसको एक सातामै सुरुङको गेट फुटेर मानवीय भयो। वर्षौं लगाएर बनाएको यति ठूलो परियोजनाको यो हालत कसरी भयो ? प्राविधिकहरू भन्छन्, ‘कारण हो– गुणस्तरहीन काम।’ अस्थायी बाँध बनाएर वर्षात्को समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भई सुरुङ चुहावट भएको प्राविधिक बताउँछन्। आयोजनाले भने सुरुङ के कारणले फुटेको भनेर आधिकारिक कारण दिएको छैन। आयोजनामा काम गरिसकेका एक प्राविधिक भने हतारमा भएको गुणस्तरहीन काम नै प्रमुख कारक रहेको दाबी गर्छन्।

आयोजनाका एक इन्जिनियरका अनुसार जम्मा ४ किलोमिटरको प्रेसर थेग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी पठाएको भए दुर्घटना अझ भयावह हुन सक्थ्यो। ‘४ किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दुर्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दुर्घटना भएको भए अवस्था अझ गम्भीर हुन्थ्यो’, उनी भन्छन्, ‘सुन्दरीजलबाट पानी फर्किंदा आयोजनाको मुहान तलका धेरै बस्ती जोखिममा पर्थे।’ थोरै क्षेत्रमै दुर्घटना भएकाले धेरै जनधनको क्षति हुने अवस्थाबाट भने जोगिएको उनको तर्क छ। ‘मेलम्चीपछि कार्यान्वयनमा आउने दोस्रो र तेस्रो चरणको यांग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी लैजान निर्माण गरेको सुरुङ पहिलो चरणको १७ करोड लिटरको परीक्षणमै पड्कियो’, ती प्राविधिक व्यंग्य गर्छन्, ‘तपाईं आफैं भन्नुस्, मेलम्ची आयोजनाको काम कति गुणस्तरीय भएको रहेछ ?’

यसले दुई दशकपछि मेलम्चीको पानी खान पाउने काठमाडौंवासीको उत्साहमा धक्का त लागेको छ नै बाँकी २२ किलोमिटर सुरुङको अवस्थामै गम्भीर शंका उत्पन्न भएको छ। आयोजनालाई नियालिरहेका एक विश्लेषक हतारमा काम सकेर आयोजना सम्पन्न गराएको जस लिने मन्त्री मगरको लालसा नै निर्मित संरचना कमजोर हुनुको मुख्य कारण रहेको दाबी गर्छन्। यसमा पछिल्लो समय सुरुङको काम सम्पन्न गर्ने ठेक्का पाएको चिनियाँ कम्पनी सिनो हाइड्रो मुख्य जिम्मेवार रहेको उनी बताउँछन्। इटालीको कम्पनीले ठेक्का रद्द गरेपछि हतारमा अस्थायी बाँध बनाउने ठेक्का दिने निर्णय गरिएको थियो। त्यस क्रममा कमिसनको खेल भएको, त्यसले गर्दा निर्माण कार्यको गुणस्तरमा अनुगमन हुन नसकेको जानकार बताउँछन्। गेट फुटेर दुर्घटना भएपछि मन्त्रालयले सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छानबिनका लागि प्राविधिक समिति खटाएको छ। सुरुङ संरचना परीक्षण गर्न स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्नेमा मन्त्रालयकै कर्मचारीलाई पठाएर कमजोरी ढाकछोप गर्न लागेको आरोप एक पक्षले लगाएको छ।

‘मन्त्री मगरले आफ्नो र आयोजनाको कमजोरी ढाकछोप गर्न मन्त्रालयकै टोली छानबिन गर्न पठाएकी छन्’, आयोजनानिकट स्रोत भन्छ, ‘आयोजनाको कमजोरी भएकाले त्यसका लागि स्वतन्त्र निकायलाई छानबिन गराउनुपथ्र्यो।’ बिहीबार घटनास्थल अम्बाथान पुगेका छानबिन टोलीका संयोजक दवाडीले पानीको प्रेसरका कारण सुरुङको भित्री संरचनामा क्षति पुगेको नदेखिएको बताए। विस्तृत अध्ययन सक्न बाँकी रहेकाले खास कारण उल्लेख गर्न केही समय लाग्ने दवाडीको भनाइ छ। उनले पानीको प्रेसरले नटबोल्ट खुस्किँदा गेट खुलेर पानी बाहिर आएको प्रारम्भिक अध्ययनका क्रममा देखिएको उनले सुनाए। ‘नटबोल्टले अड्याइएको गेटको नट खुस्केर गेट खुलेको देखियो’, उनले टेलिफोनमा भने, ‘सुरुङभित्रको संरचनामा भने कुनै समस्या र क्षति देखिएको छैन।’ उनले केही दिनमै अध्ययन प्रतिवेदन तयार गरी सार्वजनिक गरिने बताए। इन्जिनियरको टोली पानीको प्रेसर नाप्न जाने क्रममा गेट खुलेर बाहिर निस्किएको पानीले बगाएको उनको भनाइ छ। डिजाइन वा निर्माणका क्रममा केमा कमजोरी भएको हो सो भने अध्ययन प्रतिवेदनपछि बाहिर आउने उनले बताए।

खानेपानीको सुरुङ पूर्णरूपमा कंक्रिट ढलानसमेत गरिएको छैन। कतै–कतै ढलान गरेको सुरुङबाट जाने पानीमा माटो र चट्टानमा हुने विभिन्न तत्व मिसिँदा पानी पिउनलायक नहुनेतर्फ आयोजना सचेत नदेखिएको प्राविधिकको भनाइ छ। आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्रीले बढी खर्चिलो हुने भएकाले सबै ठाउँमा कंक्रिट ढलान नगरिएको बताए। उनका अनुसार चट्टान भएको ठाउँमा आवश्यक नपर्ने भएकाले माटो देखिएको ठाउँमा मात्र ढलान गरिएको हो। मन्त्रालयको प्राविधिक टोलीले छानबिन गरी दुर्घटनाको कारण बताउने उनको भनाइ छ। सुरुङ परीक्षण मात्र भएकाले हतार गरेको भन्न नमिल्ने तर्क उनले गरे। ‘निर्माण कम्पनीले काम सकियो भनेकाले हामीले परीक्षण सुरु गराएका हौं’, उनले भने, ‘निर्माणकै चरणमा पनि आयोजनाले गर्नुपर्ने अनुगमन गरेको छ। त्रुटि कहाँनेर छ भन्ने प्राविधिक समितिले पत्ता लगाउला।’

सिनो हाइड्रोलाई ठेक्का दिएपछि आयोजनाले हतार–हतार मुहानमा अस्थायी बाँध बनाउने र इटालीको कम्पनीले अधकल्चो छाडेको सुरुङको काम सकेको थियो। परीक्षण क्रममा रहेको सुरुङमा रहेको गेट फुटेर पानी बाहिर निस्किँदा बेपत्ता भएकामध्ये एक जनाको शव बुधबार भेटिएको थियो। ठेकेदार कम्पनीका इन्जिनियर सतिश गोइत ३० किलोमिटर तल मृत भेटिएका हुन्। उनको शव बुधबार साँझ इन्द्रावती नदी किनारमा सिपाघाट बजारनजिक भेटिएको इलाका प्रहरी कार्यालय हेलम्बुका सई सन्तोष बुढाथोकीले बताए। सुरुङको ग्याल्थुम अडिटबाट अम्बाथानस्थित मुहान जोड्ने खण्डको १७ नम्बरको गेट मंगलबार फुट्दा सुरुङबाट निस्किएको पानीले गाडीसहित बगाएको थियो। गोइत सवार गाडीका चालक राधाकृष्ण थापा बेपत्तै छन्। सुरुङको पानीले बगाएर मेलम्ची खोलामा पुर्‍याएपछि दुवै जनालाई बाढी आएको खोलाले बेपत्ता बनाएको थियो। अन्नपुर्णपोष्ट दैनिक