१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

नयाँ मुद्दा व्यवस्थापन पद्धतिः मुद्दा दर्ता भएकै दिन फैसलाको मिति

नयाँ मुद्दा व्यवस्थापन पद्धतिः मुद्दा दर्ता भएकै दिन फैसलाको मिति
अ अ+ अ-

काठमाडौँ । देशभरका जिल्ला अदालतमा मुद्दा दर्ता भएकै दिन सुनुवाइको समय तालिकासहित फैसला हुने सम्भावित मितिसमेत तोकिने व्यवस्था सुरु गरिएको छ । सर्वोच्च अदालतले बिहीबारदेखि नयाँ मुद्दा व्यवस्थापन पद्धति लागू गर्दै मुद्दाको स्वरूप र अवस्था हेरी दर्ता भएकै दिन सुनुवाइको समय र फैसला हुने सम्भावित मितिसमेत तय गरिने बताएको हो ।

‘देशव्यापी रूपमा सबै न्यायालयमा यो पद्धति लागू गर्ने योजना हो, हाललाई भने सबै जिल्ला अदालतमा साउन १ देखि सुरु गरिएको छ,’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘भदौ १ देखि सबै उच्च अदालतमा पनि सुरु हुनेछ ।’ नयाँ पद्धतिअनुसार दर्ता हुने मुद्दालाई सरल, सामान्य र विशेष भनी तीन श्रेणीमा वर्गीकरण गरिनेछ ।

सरल मुद्दा ६ महिनाभित्र फैसला हुनेछ भने सामान्यलाई १२ महिना र विशेषलाई १८ महिना लाग्नेछ । कुन मुद्दा कस्तो श्रेणीमा पर्ने भन्ने स्वचालित ‘सफ्टवेयर’ विकास गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए । हालको योजनाअनुसार २०८० साउन १ बाट मात्रै सर्वोच्चमा पनि यो पद्धति लागू गर्ने तयारी छ । विशेष अदालतमा पनि तत्काल लागू हुने छैन ।

गत असार १० मा सर्वोच्च अदालतको पूर्ण बैठकले मुद्दाको फरक व्यवस्थापन पद्धति (डीएमएस) लागू गर्ने निर्णय गरेको थियो । सर्वोच्चमा बिहीबार आयोजित कार्यक्रममा प्रधानन्यायाधीश, न्यायाधीश र न्याय प्रशासनका उच्च पदस्थ कर्मचारीले एकमुष्ट रूपमा सबै जिल्ला अदालतमा भर्चुअल माध्यमबाट नयाँ पद्धतिको सुरुवात गरे । कान्तिपुर दैनिक