११ श्रावण २०८३, सोमबार
,
Latest
साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ



अ+ अ-

सिरहा। सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु प्रकरणमा छानबिनका लागि अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएर सोधपुछ गरेको छ ।

मिर्चैया नगरपालिका–११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

शुक्रबार शल्यक्रिया गरेर बच्चा जन्माएकी यादवको अत्यधिक रक्तश्रावका कारण ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाही भन्दै विरोध जनाइरहेका छन् । “सुत्केरीको अवस्था नाजुक हुँदै गएपछि हामीले अन्यत्र पठाउन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भन्दै अल्झाएर राखियो”, मृतकका श्रीमान् सन्त यादवले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर भएपछि आज बिहान करिब दुई बजेतिर मात्र विराटनगरका लागि रेफर गरिदियो । यतिबेलासम्म ढिलो भइसकेको थियो,  विराटनगर लैजाँदै गर्दा बाटोमै मेरो श्रीमतिको मृत्यु भयो ।

घटनापछि मृतकका आफन्त र परिवारजनले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका डा तेजशङ्कर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।

हाल शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र त्यसको प्रतिवेदनअनुसार थप कारबाही अघि बढाउने गरी आफन्तसँग कुरा भएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो। रासस