८ जेष्ठ २०८२, बिहीबार
,
Latest
भरतपुर विमानस्थलमा ठूला जहाज उडान गर्ने प्रयास लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल ‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’ कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी हरिराम यादव पक्राउ थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अधिकृतमाथि कालोमोसो छ्यापियो माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः अध्यक्ष दाहाल परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता निजामति विधेयकमा कुलिङ पिरियडको व्यवस्था संवैधानिक छैन, राख्नै परे संविधानमै राखौँः महासचिव पाण्डेय
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस सङ्गठन उपत्यका प्रदेश कमिटीको नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाडौँ। समाजवादी प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश कमिटीको विशेष भेलाले विष्णु रैगाईंको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यहाँ आज आयोजित भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

भेलाले पत्रकारिता क्षेत्रलाई व्यावसायिक तथा मर्यादित बनाउनुपर्ने, पत्रकारको जीवनको सुरक्षा प्रत्याभूत गरिनुपर्ने, श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा हुनुपर्नेलगायत सात बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।

समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले भेलाको उद्घाटन गर्दै पत्रकारिता क्षेत्रले समयमा प्रवाह गर्ने सूचनाले लोकतान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने भएकाले सञ्चार क्षेत्रमा देखिएका समग्र समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

सङ्ठनले श्रमजीवी पत्रकारको हकहित, अधिकारसहित संरक्षण गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले खोजमूलक प्रकाशन÷प्रसारणका कार्य गर्न सुझाव दिनुभयो ।

विश्व प्रेस काउन्सिल उपाध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर श्रेष्ठले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरेको बताउँदै प्रेस र समाजको घनिष्ठ सम्बन्धले मात्र लोकतान्त्रिक पद्दति थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

सङ्गठनको सल्लाहकारसमेत रहनुभएका उहाँले पत्रकारिता क्षेत्रलाई थप विश्वसनीय बनाउन सत्यतथ्य र निष्पक्ष रूपमा समाचार प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।रासस