३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुदकाे याेगदान महत्त्वपूर्ण छ-प्रमुख भट्ट



डिल्लीराज भट्ट / फाइल फोटो
अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुदकाे याेगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा आयोजित तेस्रो रनिङ शिल्ड प्रतियोगिताको आज उद्घाटन गर्दै उहाँले यस्ता प्रतियोगिताले दूरदराज गाउँबाट खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

खेलकुदमा युवा सहभागिताले शारीरिकसँगै सामाजिक रूपमा सबल बनाउने बताउँदै उहाँले यसले आत्मसम्मान, सामाजिक सीप विकासका साथै नेतृत्व र क्षमताको पनि विकास गराउने धारणा राख्नुभयो । खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पुर्‍याउने भएकाले यसको विकास र सम्वर्द्धन जरुरी रहेको उहाँको भनाइ छ ।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै प्रदेश प्रमुख भट्टले यसको विकासबाट राष्ट्रको सर्वाङ्गीण विकासको ढोका खोल्न सकिने धारणा राख्नुभयो । खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनुपर्ने उहाँले बताउनुभयो ।

माछापुच्छ्रे-६ का वडाध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका प्रशासकीय अधिकृत केशव सुवेदी, सन्देश अधिकारीलगायत कर्मचारी र जनप्रतिनिधिले धारणा राख्नुभएको थियो । रासस