३० बैशाख २०८२, मंगलवार
,
Latest
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँः वनमन्त्री शाही बीसबुँदे घोषणापत्र जारी गर्दै प्रेस युनियनको लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट सम्पन्न स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर ‘कांग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील छ’ अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई ‘के घर के डेरा : घर नं २’मा धेरै पात्र भए पनि कथाको उठान र… नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौकुनेमा एक सय चौबिस गिद्ध



अ+ अ-

सुर्खेत। जिल्लाको चौकुने गाउँपालिकामा १२४ वटा गिद्ध फेला परेका छन् । गाउँपालिकाले वन तथा वातावरण ऐन लागू गरी जैविक विविधता संरक्षणमा जोड दिन थालेपछि यहाँका वन क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको हो ।

गाउँपालिका अध्यक्ष खड्क विकले विगतमा कहिलेकाहीँ मात्रै देखिने गरेकामा हाल १२४ वटा गिद्ध यही स्थानमा बस्न थालेको बताउनुभयो । उहाँले जैविक विविधता कायम गर्न भन्दै १२ वटा समूह निर्माण तथा दुईजना कर्मचारी नियुक्त गरी संरक्षणका काम थालनी गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाले गौशाला सञ्चालनमा ल्याएर छाडा गाईगोरु त्यहाँ राख्न थालिएको छ । बुढो उमेर भएर मरेका गाईगोरुलाई राख्ने ठाउँ बनाइएपछि आहाराको खोजीमा गिद्धहरू पालिकामा आउन थालेका छन्”, अध्यक्ष विकले भन्नुभयो, “गाड्नेभन्दा पनि बस्तीभन्दा टाढा वनमा लिएर मरेका गाईगोरु राखिदिन्छौँ, गौशालाका कर्मचारीलाई रेखदेखका लागि खटाउने गरेका छौँ, अनि आहारा खोज्दै गिद्धहरु यहाँका वन क्षेत्रमा आउन थालेका छन् । अहिले १२४ वटा गिद्ध यस क्षेत्रमा छन् ।

अब ती गिद्ध संरक्षणका लागि चराविद् एवम् माथिल्लो तहका सरकारसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ । यसका साथै गाउँपालिका क्षेत्रमा भित्र भेरी र कर्णाली नदीसमेत पर्दछ । त्यहाँ रहेका विभिन्न प्रजातिका माछा संरक्षणका लागिसमेत योजना बनाएर काम भइरहेको अध्यक्ष विकले जानकारी दिनुभयो । हाल यी दुवै नदीको दोभानमा पाइने रातो माछालगायतका अन्य जलचरको संरक्षणका लागि माछा मार्न रोक लगाइएको छ ।

पालिकाले जारी गरेको ऐनमा भएको व्यवस्थाअनुसार विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मिलित १२ वटा छुट्टाछुट्टै समूह बनाएका छौँ । यी समूहले जैविक विविधता कायम गराउनका लागि अध्ययन–अनुसन्धानका साथै जैविक विविधता कायम राख्न काम गरिरहेका छन् । ती समूहको उद्देश्य भनेको वन जोगाउनेदेखि चराचुरुङ्गीको बासस्थानका लागि उपयुक्त वातावरण निर्माण गर्नु हो”, अध्यक्ष विकले भन्नुभयो ।

वन ऐन बनाइसकेपछि सामुदायिक वनबाट सञ्चित कोषमा राजस्व सङ्कलन समेत सुरु भएकमा हाल उक्त कोषमा करिब रु २२ लाख राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चौकुने गाउँपालिकामा गिद्ध बढेको भन्ने विषयमा अध्ययन गरेर योजना बनाइने जनाएको छ ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णाली जैविक विविधताले धनी रहेको भन्दै यसलाई कायम राख्नेगरी योजना बनाइने प्रतिबद्धता जनाउनुभयो । रासस