२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

चौकुनेमा एक सय चौबिस गिद्ध

चौकुनेमा एक सय चौबिस गिद्ध
अ अ+ अ-

सुर्खेत। जिल्लाको चौकुने गाउँपालिकामा १२४ वटा गिद्ध फेला परेका छन् । गाउँपालिकाले वन तथा वातावरण ऐन लागू गरी जैविक विविधता संरक्षणमा जोड दिन थालेपछि यहाँका वन क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको हो ।

गाउँपालिका अध्यक्ष खड्क विकले विगतमा कहिलेकाहीँ मात्रै देखिने गरेकामा हाल १२४ वटा गिद्ध यही स्थानमा बस्न थालेको बताउनुभयो । उहाँले जैविक विविधता कायम गर्न भन्दै १२ वटा समूह निर्माण तथा दुईजना कर्मचारी नियुक्त गरी संरक्षणका काम थालनी गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाले गौशाला सञ्चालनमा ल्याएर छाडा गाईगोरु त्यहाँ राख्न थालिएको छ । बुढो उमेर भएर मरेका गाईगोरुलाई राख्ने ठाउँ बनाइएपछि आहाराको खोजीमा गिद्धहरू पालिकामा आउन थालेका छन्”, अध्यक्ष विकले भन्नुभयो, “गाड्नेभन्दा पनि बस्तीभन्दा टाढा वनमा लिएर मरेका गाईगोरु राखिदिन्छौँ, गौशालाका कर्मचारीलाई रेखदेखका लागि खटाउने गरेका छौँ, अनि आहारा खोज्दै गिद्धहरु यहाँका वन क्षेत्रमा आउन थालेका छन् । अहिले १२४ वटा गिद्ध यस क्षेत्रमा छन् ।

अब ती गिद्ध संरक्षणका लागि चराविद् एवम् माथिल्लो तहका सरकारसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ । यसका साथै गाउँपालिका क्षेत्रमा भित्र भेरी र कर्णाली नदीसमेत पर्दछ । त्यहाँ रहेका विभिन्न प्रजातिका माछा संरक्षणका लागिसमेत योजना बनाएर काम भइरहेको अध्यक्ष विकले जानकारी दिनुभयो । हाल यी दुवै नदीको दोभानमा पाइने रातो माछालगायतका अन्य जलचरको संरक्षणका लागि माछा मार्न रोक लगाइएको छ ।

पालिकाले जारी गरेको ऐनमा भएको व्यवस्थाअनुसार विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मिलित १२ वटा छुट्टाछुट्टै समूह बनाएका छौँ । यी समूहले जैविक विविधता कायम गराउनका लागि अध्ययन–अनुसन्धानका साथै जैविक विविधता कायम राख्न काम गरिरहेका छन् । ती समूहको उद्देश्य भनेको वन जोगाउनेदेखि चराचुरुङ्गीको बासस्थानका लागि उपयुक्त वातावरण निर्माण गर्नु हो”, अध्यक्ष विकले भन्नुभयो ।

वन ऐन बनाइसकेपछि सामुदायिक वनबाट सञ्चित कोषमा राजस्व सङ्कलन समेत सुरु भएकमा हाल उक्त कोषमा करिब रु २२ लाख राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चौकुने गाउँपालिकामा गिद्ध बढेको भन्ने विषयमा अध्ययन गरेर योजना बनाइने जनाएको छ ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णाली जैविक विविधताले धनी रहेको भन्दै यसलाई कायम राख्नेगरी योजना बनाइने प्रतिबद्धता जनाउनुभयो । रासस