५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेवा प्रवाह राष्ट्रसेवकको उच्च प्राथमिकतामा हुनुपर्छ-



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की नेतृ रेखा शर्माले राष्ट्रसेवक कर्मचारीले सार्वजनिक सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, संस्थान राष्ट्रिय समितिको तेस्रो अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले जनताको मन जित्नेगरी काम गर्न सुझाव दिनुभयो । “सङ्गठनमा आबद्ध सम्पूर्ण कर्मचारीले आ–आफ्नो स्थानबाट उत्कृष्ट कार्यसम्पादन गरेर उदाहरण प्रस्तुत गर्न सक्नुपर्छ”, शर्माले भन्नुभयो ।

नेपाल राष्ट्रिय कर्मचारी महासङ्घका अध्यक्ष मणिरत्न शाक्यले सेवा प्रवाहमा सहजीकरणसँगै कर्मचारीको हितलाई संगठन उचित महत्व दिँदै आएको बताउनुभयो । संस्थान राष्ट्रिय समितिका अध्यक्ष जयबहादुर शाही, वरिष्ठ उपाध्यक्ष तिलकजङ्ग बुढाथोकीलगायतले राष्ट्रसेवकलाई प्रोत्साहित हुने नीति तथा योजना ल्याउन सरकारलाई सुझाव दिनुभयो । रासस