२८ भाद्र २०८३, आईतवार
,
Latest
बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल वंश महासंघ काठमाडौंद्वारा कागेश्वरी मनोहरा नगरकमिटी गठन



अ+ अ-

काठमाडौं। पौडेल वंश महासंघ काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आज एक भव्य तथा सभ्य समारोहका बीच कागेश्वरी मनोहरा नगरकमिटी गठन गरिएको छ।

दीप प्रज्वलन र स्वस्तीवाचनसहित सम्पन्न उक्त कार्यक्रममा ११ सदस्यीय नगर कार्यसमिति गठन गरिएको हो। जसको अध्यक्षतामा सञ्जिव पौडेल चयन भएका छन् । सोही अवसरमा विभिन्न अन्य समितिहरू पनि गठन गरिएको छ । पाँच सदस्यीय सल्लाहकार समिति,  तीन सदस्यीय सम्पादन समिति र तीन सदस्यीय प्राविधिक समिति रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि ९३ वर्षीय कुल ज्येष्ठ सिताराम पौडेल रहेका छन्। त्यस्तै, पौडेल वंश केन्द्रिय प्रतिनिधि तथा प्रदेश नं. ३ का अध्यक्ष सुमन पौडेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष श्री दिपकराज पौडेलले गरेका थिए भने सञ्चालन तथा संयोजन जिल्ला सदस्य  बासुदेव पौडेलले गरेका थिए।

कार्यक्रममा बुढानीलकण्ठ नगर समितिका अध्यक्ष, पदाधिकारी, सदस्यहरू, साथै जिल्ला समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता थियो। साथै गोठाटार, मूलपानी, थली, डाछी, नयाँगाउँ र भद्रवास लगायतका क्षेत्रबाट १०० भन्दा बढी पौडेल बन्धुहरूको उपस्थिति रह्यो।

वंशावली संरक्षक नवराज पौडेल, प्रदेश सदस्य श्री आत्माराम पौडेल, तथा पूजनीय बुवा श्री दामोदरप्रसाद पौडेलको पनि गरिमामय उपस्थिति रहँदा कार्यक्रम अझ ऐतिहासिक र प्रेरणादायी बनेको थियो।

कार्यक्रमको समापनमा उपस्थित सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै । नवगठित कार्यसमिति तथा अन्य समितिहरूलाई सफल कार्यकालको शुभकामना सहित बधाई ज्ञापन गरिएको थियो।