६ जेष्ठ २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ-मुख्यमन्त्री पाण्डे



अ+ अ-

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भ्रष्टाचार न्यूनीकरणका लागि निरन्तर रूपमा लागिरहेको बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज कास्कीको १०औँ अधिवेशन तथा भ्रष्टाचार न्यूनीकरण र सुशासनबारे आयोजित गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै उहाँले संस्थागत रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्दै सुशासन र भ्रष्टाचार निरुत्साहित गर्न आफू लागिरहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले समाजमा हुने विकृति हटाउन र नेपाली जनतालाई सुशासन दिन प्रदेश सरकार प्रयत्नशील रहेको र सङ्गठित आवाजलाई बलियो बनाउन सके यसमा थप सघाउ पुग्ने उल्लेख गर्नुभयो ।

संविधानविद् प्राडा विपीन अधिकारीले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रशासनिक निकाय चुस्तदुरुस्त हुनुपर्नेमा जोड दिनुभयो । नेपालको न्यायप्रणालीमा ढिलासुस्ती हुँदा नेपाली जनतामा न्यायालयप्रति निराशा देखिने गरेको उहाँको भनाइ थियो । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले देशमा आर्थिक र नैतिक रूपमा मौलाएको भ्रष्टाचार न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रमा जनता नै प्रमुख हुन्छन् भन्ने मनन गरेर सरकार अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता सोवियतबहादुर अधिकारीले समाजमा सुशासन स्थापना गर्न सके मात्र दलहरूले जनताको मन जित्न सक्ने बताउनुभयो ।

कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रजातान्त्रिक विचार समाजका केन्द्रीय उपाध्यक्ष वासुदेव भण्डारीलाई सम्मान गरिएको थियो । अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने विचार समाज कास्कीका अध्यक्ष वीरबहादुर कार्कीले जानकारी दिनुभयो । रासस