२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘व्यावसायिक योजनाबिनै दुईवटा अन्तरराष्ट्रिय विमानस्थल बनाइयो’



अ+ अ-

रूपन्देही। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्गदेनले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थल कुनै ठोस व्यावसायिक योजनाबिना निर्माण गरिएको आरोप लगाउनुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रूपन्देहीले विमानस्थल सञ्चालनका लागि आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले भ्रष्टाचार र विमानस्थल सञ्चालनको मुद्दासँगसँगै लैजानुपर्ने आवश्यकता आँैल्याउनुभयो । अध्यक्ष लिङ्गदेनले मुआब्जा वितरणमा अनियमितता भएको सङ्केत गर्दै चर्को मूल्यमा आवश्कयताभन्दा बढी जग्गा अधिग्रहण गरिएको दाबी गर्नुभयो ।

“रु ४१ अर्ब लगानी गरेर यो नचल्ने एयरपोर्ट कसले बनायो ? उद्घाटन भएको यतिका वर्ष हँुदा पनि दुवै विमानस्थल किन सञ्चालनमा आउन सकेन ? यस विषयले संसद्मा प्रवेश गरेको छ”, उहाँले भन्नुभयो,“यसै विषयमा पनि सार्वजनिक लेखा समितिअन्तर्गत छानबिन उपसमिति बनेको र त्यो समितिको काम अनियमितताको छानबिन गर्नाका साथै विमानस्थल कसरी सञ्चालनमा ल्याउन सकिन्छ भन्ने पनि रहेको छ । सोहीअनुसार प्रतिवेदन तयार भइसकेको छ ।

अध्यक्ष लिङ्गदेनले पोखरा विमानस्थल प्राविधिक रूपमा सञ्चालनमा आउन कठिनाइ रहे पनि भैरहवा विमानस्थल सञ्चालनमा आउन धेरै समस्या नरहेको बताउनुभयो । श्रम, मेनपावर, भिसा सेन्टरलगायतका आवश्यक पूर्वाधार सरकारको एउटै निर्णयमा यहाँ आउन सक्ने भएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यसअघि अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले भैरहवा तथा यस आसपासका जनताले विमानस्थल सञ्चालनका लागि पटकपटक प्रयास गरे पनि असफल भएको भन्दै निराशा व्यक्त गरे । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले राजनीतिक दलको होडबाजीमा विमानस्थल निर्माण भएको बताउनुभयो । उहाँले सरकारले गरेको आग्रहअनुसार उद्योगी व्यवसायीले पूर्वाधारमा करिब रु ८० अर्ब लगानी गरे पनि लगानी डुब्ने खतरा बढेको बताउनुभयो ।

उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्यावसायिक सम्भाव्यता अध्ययन नै नगरी विमानस्थल निर्माण गरिएको जस्तो भएको जिकिर गर्नुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका निर्वतमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवावासीका लागि विमानस्थलमा भएको भ्रष्टाचारभन्दा पनि विमानस्थल सञ्चालनको विषय नै प्रधान रहेको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनको विषयलाई विषयान्तर गर्नका लागि भ्रष्टाचारको मुद्दा उठान गरिएको जिकिर गर्नुभयो । रासस